काठमाडौँ, नेपाल प्रज्ञाप्रतिष्ठान पठन संस्कृतिको विकासका लागि नियमित पुस्तक प्रदर्शन भइरहेकाे छ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञाप्रतिष्ठानका पुस्तकहरू पाठकसमक्ष पुर्याउँदै पठन संस्कृतिको विकासमा टेवा पुर्याउन पुस्तक प्रदर्शनी राखेकाे बताए।
प्रदर्शनीमा नेपाली भाषा, साहित्य ,संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्र आदिका पुस्तकहरू विक्रीका लागि राखिएको छ।
‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञाप्रतिष्ठान’ भन्ने मन्त्रका साथ भएको उक्त प्रदर्शनीमा प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तकहरू प्रदर्शनीमा राखिएको छ। समग्रमा हिमाल, पहाड, मधेस तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका कोशहरू प्रदर्शनीमा राखिएका छन्।
यस प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू ६० प्रतिशत र २०७१ साल यतादेखि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरूमा विशेष ४० प्रतिशत छुट दिइएको छ। शब्दकोशहरूमा १ प्रतिको २० प्रतिशत दर कम छुट रहेको छ।
यस प्रदर्शनीस्थलमा २ हजार थानभन्दा बढी पुस्तक राखिएको छ। पुस्तक प्रदर्शनी २०८१ माघ २० गतेसम्म रहनेछ। प्रदर्शनीमा पुन: प्रकाशन भएका अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र, जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नो उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल र उनका काव्यशास्त्र ‘पेरी पोइएतिकेस’ लगायतका पुस्तकहरू राखिएको छ।
Comments are closed.