Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

खरेलको ‘स्मृतिपटलमा तपस्वीहरु’ सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
May 9, 2022
in Feature
0
खरेलको ‘स्मृतिपटलमा तपस्वीहरु’ सार्वजनिक
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ — पूर्वप्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेलले आफ्नो जीवनकालमा संगत गरेका तीन तपस्वी खप्तड बाबा, श्यामचेतन बाबा र चुनचुन बाबाका बारेमा जोडिएका स्मृतिलाई पुस्तक रुप दिएर ‘स्मृतिपटलमा तपस्वीहरु’ सार्वजनिक गरेका छन् ।

शनिबार प्रहरी एकेडेमीमा आयोजित समारोहमा सच्चिदानन्द सरस्वती(खप्तडबाबा)का अध्येता प्राध्यापक शिवगोपाल रिसालले कृति विमोचन गरेका थिए । ‘एउटा कालखण्डका विशिष्ट आध्यात्मिक गुरुहरुका बारेमा कृति तयार पारेर लेखक खरेलले बाबाका भक्त तथा सिंगो समाजलाई ठूलो गुन लगाउनुभएको छ,’ प्राध्यापक रिसालले भने, ‘धर्म, कर्म, योग, भक्ति, चरित्र, त्याग र वैराग्यका विषयमा यो कृतिले अनन्तकालसम्म प्रभाव पार्ने निश्चित छ ।’ ७६ वर्षीय लेखक खरेलले ‘त्यागमा जेजति आनन्द हुन्छ, त्यो आनन्द कहिल्यै केहीमा प्राप्त नहुने’ धारणा राखेका थिए । उनले साधक बाबाहरुको संगतले आफूमा आध्यात्मिक चेत र शक्ति पलाएको अनुभव सुनाएका थिए ।

 

समारोहमा बोल्दै गीतकार यादव खरेलले ‘नेपाल–नेपालीसँग जोडिएका महान तपस्वीका बारेमा कृति लेखिनु समाजकै गौरवको विषय भएको र यसले समाज रुपान्तरणको मार्गप्रसस्त गर्ने’ टिप्पणी गरेका थिए । समीक्षक गीता त्रिपाठीले ‘स्मृतिपटलमा तपस्वीहरु’ लाई धार्मिक र आध्यात्मिक चिन्तन तथा चेतनाको संग्रहमा रुपमा अर्थ्याएकी थिइन् । शब्दार्थ प्रकाशनले निकालेको १ सय २० पृष्ठको कृतिमा लेखक खरेलले तपस्वीहरुको सानिध्यमा रहेर बिताएका क्षण तथा आध्यात्मिक चेतनाको बहुआयामिक पक्षमा केही घटनाहरु समेत जोडेर सचित्र बयान गरेका छन् ।

प्रहरी सेवामा ३ दशकको समय बिताएका र माओवादी द्वन्द्वकालको उत्सर्गमा प्रहरी महानिरीक्षक (२०५३–२०५७) बनेका खरेलको आत्मकथा ‘अच्युतकृष्ण खरेल’ यसअघि प्रकाशनमा आइसकेको छ ।

 

Advertisement Banner
Previous Post

साहित्यकार  रामभरोस कापडी ‘भ्रमर’को ५० औं कृति सार्वजनिक

Next Post

विनोदी, शर्मा र साकारलाई त्रिमूर्ति पुरस्कार

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
विनोदी, शर्मा र साकारलाई त्रिमूर्ति पुरस्कार

विनोदी, शर्मा र साकारलाई त्रिमूर्ति पुरस्कार

Recommended

India allocates INR 8 billion grant for Nepal in 2026 budget

India’s draft electricity policy signals fresh export prospects for Nepal

8 months ago
आज सोनाम ल्होसार पर्व तामाङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै

आज सोनाम ल्होसार पर्व तामाङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.