Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

उपाध्यायको बाल कविता ‘साइकल’ सार्वजनिक

Editorial Team by Editorial Team
May 26, 2022
in Book Releases, Nepal
0
उपाध्यायको बाल कविता ‘साइकल’ सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

कास्की — साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनको अवसरमा बालबालिकालाई नयाँ पुस्तक उपहार दिएका छन् । एक कार्यक्रम समारोहकाबीच उनले उपहारमा नयाँ पुस्तक दिएका हुन् ।

अभिभावकविहीन बालबालिकालाई आश्रय दिँदै आएको अमोस सेवा नेपालमा उनले बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरे । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा रहेको अमोर सेवा नेपालले कृति प्रकाशन गरेको हो ।

बालमनोविज्ञानलाई नयाँ बिम्ब प्रतीकमार्फत् अभिव्यक्त गर्न खप्पिस उनी विचारमार्फत् चेतना पनि सँगसँगै भर्छन् । प्रमुख वक्ताको रुपमा सहभागी फेदीखोला गाउँपालिका नवनिर्वाचित अध्यक्ष घनश्याम सुवेदीले साहित्यकार सुरजले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आएको तारिफ गरे ।

अध्यक्ष सुवेदीले कृति प्रकाशनमा पालिकाले सहयोग गर्ने प्रतिबद्धतासहित ५ सय थान पुस्तक खरिद गरी पालिकाका विद्यार्थीलाई वितरण गर्ने प्रतिबद्धता गरेका छन् । सुवेदीले विद्यार्थीकालमा साहित्यकार सुरज सम्पादक रहेको वेदना पत्रिकामा लेख, रचना प्रकाशन गरेकोसमेत स्मरण गरे । उनले अमोर सेवा नेपालको विकासमा सघाउने प्रतिबद्धतासमेत गरे । सुवेदीले भने, ‘यो स्याङ्जाको एकमात्र बाल आश्रम हो । पालिकाले सक्ने बुताको सहयोग गरी नै हाल्छौँ। प्रदेश, संघ सरकारमा पनि सहयोगका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता गर्दछु ।’

 

फेदीखोला–१ का वडाध्यक्ष अमृत क्षेत्रीले अनावश्यक खर्च कटौती गरी मानवीय सहायता गर्ने खालका संस्थालाई सघाउने परिपाटीलाई प्रोत्साहन गर्नुपर्ने विचार राखे । अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुलीले आश्रयविहीन बालबालिकालाई आश्रय दिएर सरकारले गर्नुपर्ने काममा सरकारी निकायबाट उचित सहयोगको अपेक्षा गरिन् । उनले गाउँपालिका, प्रदेश र संघ सरकारबाट पूर्वाधार निर्माण, बालबालिकाको पठनपाठन लगायत अन्य कार्यका लागि भरपर्दाे सहयोग हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा अमोर सेवा नेपालकी विद्यार्थी अमृता गुरुङले बालबालिकाको विषयमा बोलेकी थिइन् ।

‘साइकल’ उपाध्यायको तेस्रो कृति हो । यसअघि उनको एक गजल संग्रह र ‘चिल उड्यो आकाश’मा बाल कविता संग्रह प्रकाशन भइसकेका छन् ।

Advertisement Banner
Previous Post

Indian embassy in Nepal organizes Nepal-India poetry recitation program in Kathmandu

Next Post

Nepal’s Supreme Court ordered the government not to build a controversial international airport in Nijgadh

Editorial Team

Editorial Team

Next Post
Nepal’s Supreme Court ordered the government not to build a controversial international airport in Nijgadh

Nepal’s Supreme Court ordered the government not to build a controversial international airport in Nijgadh

Recommended

Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange enforces mandatory IT audits for brokers

1 month ago
Wikipedia celebrates 25 years of knowledge at its best

Wikipedia celebrates 25 years of knowledge at its best

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.