वैशाख ३, २०७९,काठमाडौँ —किरात राई चाम्लिङ खाम्बातिमले …मुन्दुमः रिलुङ’…संस्कृति, पुस्तक तीन भाषामा प्रकाशित गरेको छ । खाम्बातिमले चाम्लिङ, नेपाली र अंग्रेजी अनुवादसहित पुस्तक प्रकाशन गरेको हो ।
किरात जातिको इतिहास, धार्मिक, सांस्कृतिक, सामाजिक जीवनपद्धति झल्काउन अलिखित धार्मिकग्रन्थलाई मुन्दुम, मुन्धुम, भनिन्छ । किरात राई जातिभित्र २६ वटा भाषा बोल्ने समुदाय छन् । त्यसमध्ये चाम्लिङ भाषा बोल्ने समुदायमा विद्यमान रहेको मुन्दुमलाई प्रकाशनमा ल्याइएको हो । अध्येता भोगीराज चाम्लिङको संकलन, अनुवाद तथा सम्पादनमा प्रकाशित पुस्तकका सामग्रीलाई अंग्रेजी अनुवाद डा= तारामणि राई, प्रणिका कोयू, भबिन्द्र राई, पुष्पकला गुरुङ, झुमप्रसाद राई र संगीता राईले गरेका हुन् ।
प्रस्तुत मुन्दुमका सामग्री खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्रबाट संकलन गरिएको बताइएको छ । यसमा चाम्लिङ राईहरूले वर्षभर नियमित रूपमा गर्ने सांस्कृतिक अभ्यासलाई समेटिएका छन् । त्यसलाई हुइलुङ, मोछामा …माक्छामा, माङै, छौवा, साम्खा, सिकारीपुजा, चिन्ता, साकेलामा मोपा तथा खातवा नछुङ …धामीले गायन गर्ने मुन्दुमका रिसिया …श्लोक’ उतारिएका छन् । खाम्बातिम संस्थाले यसअघि …मुन्दुम सृष्टिकथा’र …मुन्दुम होसुङ’…संस्कार, प्रकाशित गरेको छ ।
अनुवादक प्रणिका कोयूले मौखिक रूपमा सीमित मुन्दुमलाई चौथो तहमा अंग्रेजी अनुवाद गर्दा मौलिकता जोखिम परेको बताइन् । …‘जेहोस् मुन्दुमले हामीलाई शक्ति संघर्षमा होइन, सहअस्तित्वमा बाँच्न सिकाउँछ,’ उनले भनिन् ।
शिक्षाविद् प्रा= विद्यानाथ कोइरालाले मुन्दुम पुस्तकमा समेटिएका सामग्रीबारे चर्चा गर्दै मुन्दुम किरातको मात्र नभई ब्रह्माण्डीय चिन्तनको उपज भएको बताए । यस्तै त्रिवि भाषाविज्ञान केन्द्रीय विभाग प्रमुख प्रा= बलराम प्रसाईले मुन्दुमलाई विद्यावारिधि कोर्समा समेटिएको बताए .
यसैगरी त्रिवि संस्कृति विभाग प्रमुख प्रा= मदन रिमालले कुनै पनि संस्कृति सम्बन्धित जातिको पहिचान भएको बताए । जन्मदेखि मृत्यु पर्यन्त सामाजिक संस्कारलाई पितृ, प्रकृति र लोकजीवनसँग सम्बन्धित पक्षलाई मुन्दुममा समेटिएको उल्लेख गरे ।
समारोहमा बेला पब्लिकेसन्सबाट प्रकाशित तथा भोगीराज चाम्लिङद्वारा सम्पादित …‘खुवालुङ’ एक ढुङ्गा, एक बडापत्र’ पुस्तकबारे विमर्श गरिएको थियो । …‘खुवालुङ किरात सांस्कृतिक सम्पदा हो,’पुस्तकबारे लेखक युग पाठकले भने, …खुवालुङ प्रदेश–१ सप्तकोसीमाझमा छ, जुन किरात सभ्यताको विम्बको रूपमा बाँचिरहेको ढुंगो हो ।’सांस्कृतिक राजनीतिक प्रतिरोधका वावजुद पुस्तक प्रकाशनमा आएको उनले बताए । यसैगरी २०६२—६३ अघिदेखि नेपाली समाजभित्रको ज्ञान उत्खनन गरेर ल्याउने र नेपालको इतिहास बदल्ने नयाँ तरिका आएको पाठकले उल्लेख गरे ।
Comments are closed.