बलभद्र कुँवर र नालापानी युद्धको इतिहास समेटेर तयार पारिएको बाल जीवनी ‘वीर बलभद्र’ कथालय इन्कले प्रकाशन गरेको छ । रोशन पोखरेलले लेखेको बाल जीवनीमा बलभद्रको जन्मदेखि उनले राष्ट्रका लागि गरेको योगदान र वीरगति प्राप्त गर्दासम्मका घटना छन् ।
बलभद्रको विवाह, पल्टनमा प्रवेशका साथै उनको कूटनीतिक क्षमता र वीरताको व्याख्यासँगै इतिहासका धेरै तथ्य बुझ्न कथा उपयोगी रहने बताइएको छ । भारतमा शासन गरेका अंग्रेज फौज कसरी नेपाल प्रवेश गर्न चाहे र त्यसलाई बलभद्र नेतृत्वको सैनिक टोलीले कसरी परास्त गर्यो ? कथाको दृश्य वर्णन रोचक छ । जसलाई कथा अनुसारको चित्रले अर्थपूर्ण बनाएको छ ।
त्यसबेलाको विशाल नेपालमा अंग्रेजले किन आँखा गाडे ? पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्मको भूमि सुगौली सन्धिमार्फत कसरी गुमाउनुपर्यो ? कथा क्रम अघि बढ्दै जाँदा इतिहासका यस्ता यावत् प्रश्नहरूको जवाफ मिल्दै जान्छ । इतिहासका तिथि मिति र तथ्यहरूको जटिल प्रस्तुति पढ्दै आएका अभिभावकहरूका लागि पनि यो बाल जीवनी निकै सरल र छोटोमा धेरै कुरा बुझिने खालको छ ।
यस पुस्तकको आवरण चित्र रवीन्द्र मानन्धर र भित्रका चित्रहरू ध्रुव प्रजापतिले बनाएका हुन् । ३६ पृष्ठको पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ ।
Trending Now
- सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
- पत्रकारलाई प्रधानन्यायाधीशको आग्रह- समाचार सनसनीपूर्ण नबनाइदिनू
- अमेरिकामा क्यान्सरसँग संघर्षरत नेपाली युवा विवेक पंगेनीको उपचारका क्रममा हिजो दु:खद निधन
- Israel Expands Military Operations with Airstrikes in Yemen
- Knighthood awarded to director Christopher Nolan, becoming ‘Sir’ Christopher Nolan
- Russian oil spill pollutes 50 km of Krishna Sea coast
- गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
- TIPF agreement between Nepal and Korea
- At least 100 North Korean soldiers die in Ukraine war
- Again the date of Sunita and Butch’s return to Earth is uncertain
Comments are closed.