पोर्चुगल:आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अन्तदृष्टिको स्वर्ण अङ्क लोकार्पण

२०८० फागुन  । युरोपको पोर्चुगलमा भएको आठौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा लगायत सम्मेलनमा सहभागी मञ्चासीलन अतिथिहरुबाट अन्तर्दृष्टिको पचासौँ अंक अर्थात् स्वर्ण अंक लोकार्पण भएको छ । सन् १९९१ देखि प्रकाशन भएको यस अन्तदृष्टिको प्रथम प्रधान सम्पादक अनेसासका संस्थापक सदस्य श्री पुरुषोत्तम सुवेदी हुन् ।

प्रवासमा नेपाली भाषा साहित्य, कला संस्कृतिको संरक्षण एवं संवर्द्धनका लागि स्थापित अनेसासको प्रकाशन रहेको यो साहित्यिक पत्रिका डायस्पोरामा पहिलो साहित्यक पत्रिका हो । हालसम्म १४ जनाले प्रधान सम्पादकको रुपमा यस पत्रिकामा काम गरिसकेका छन् ।

चार खण्डमा विभाजित यस अंकको पहिलो खण्डः “अनुभूतिमा अनेसास र अन्तर्दृष्टि”मा ३० जना साहित्यकारहरुको लेख बिचार समोवश रहेको छ भने दोस्रो खण्ड “अनेसास गतिविधि” रहेको छ ।

त्यसैगरी खण्ड ३ “कथा संस्मरण लघुकथा नियात्रा आदि”मा ११ जना साहित्यकारहरुको रचनाहरु समेटिएका छन् । खण्ड चार “कविता गीत गजल मुक्तक खण्ड”मा २९ जना साहित्यकारहरुको रचनाहरु समावेश रहेको कुरा अन्तर्दष्टिका कार्यकारी सम्पादक रमेश दाहालले जानकारी दिएका छन् ।

अनेसासका अध्यक्ष तथा अन्तदृष्टिका प्रमुख सल्लाहकार गोवर्द्धन पूजाका अनुसार ३०४ पृष्ठ रहेको यस अन्तर्दृष्टिको मूद्रण प्रति लिनका लागि अन्तदृष्टिका कार्यकारी सम्पादक रमेश दाहाल (नेपाल) ९८४१२६५२४२ नम्बरमा फोन गरी लिन सकिने छ भने यसको डिजिटल प्रति तलको QR Code स्क्यान गरी पढ्न सकिने छ ।

Comments are closed.