काठमाडौंः काठमाडौंमा आयोजित एक कार्यक्रममा सुभाषचन्द्र पौडेल भीमफेदीयाको कविता सङ्ग्रह ‘तिल गङ्गा गोविन्द’ लोकार्पण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले उक्त पुस्तक लोकार्पण गरेका हुन् । कवितासङ्ग्रह सरल भाषामा लेखिएको कुरा उनले व्यक्त गरेका थिए ।
विमोचनपछि पुस्तकभित्रका तीन कविताहरू तिल, गङ्गा,गोविन्द, पारु तिमिल्सिना, विमल भौकाजी र मुरारी सिग्देलले वाचन गरी सुनाएका थिए ।
कृतिकार सुभाषचन्द्र पौडेलको सभापतित्वमा भएकाे कार्यक्रममा उपस्थित सबैलाइ साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत गरेका थिए ।
पत्रकार श्रीराम सिंह बस्नेतले विमोचित पुस्तकबारे चर्चा गर्दै कवि भीमफेदीयासँगको आफ्नो मित्रताका संस्मरण सुनाएका थिए ।
यस्तै, साहित्यकार किशोर पहाडीले ‘तिल गङ्गा गोविन्द’ पुस्तकबारे बोल्दै उक्त पुस्तक एउटा पठनीय सामग्री हुने कुराको आशा गर्न सकिन्छ भन्ने कुरा व्यक्त गरेका थिए। कार्यक्रम पारु तिमिल्सिनाले संचालन गरेकी थिइन्।
Trending Now
- शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
- खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न
- Indian Army Chief Dwivedi reaches Muktinath
- रवि लामिछानेलाई आज समय थप्नका लागि अदालत उपस्थित गराइने
- आजदेखि स-शुक्ल धरहरा चढ्न पाइने
- बिजेपी गठबन्धनलाई महाराष्ट्रमा भारी बहुमत
- गढीमाई मेलाको तयारी सुरू
- यस वर्ष मनकामना केबलकारले साढे १३ लाख यात्रुलाई सेवा दिने
- स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र
Comments are closed.