‘चक्रव्यूहमा गोर्खा’ कृति लोकार्पण

सिलिगुडी — गोर्खाल्याण्ड आन्दोलनबारे केही आख्यानहरु बजारमा आइसके । यही मेसोमा गैर आख्यान पनि प्रकाशित भएको छ । दार्जिलिङका पूर्व कर्मचारी भोटू सिंह क्षेत्रीद्धारा लिखित तथा राजा पुनियानीले सम्पादन गरेको गैर आख्यान कृति ‘चक्रव्यूहमा गोर्खा’ आइतबार सिलिगुडीमा लोकार्पण भयो । गोर्खाल्याण्ड आन्दोलनसंग जोडिएका राजनीतिज्ञ पी अर्जुन, इतिहासकार डा. सोनाम बी बाङ्गेल, बिके प्रधान, प्राध्यापक रिन्जी भुटिया लगायतले संयुक्त रुपमा कृति लोकार्पण गरे ।

गोर्खाल्याण्ड आन्दोलनको नालीबेली ‘चक्रव्यूहमा गोर्खा’ सार्वजनिक
सन् १९०७ सालदेखि दार्जिलिङमा अलग राज्यको मुद्धा सतहमा आयो । सन् १९१७ मा पहिलो पटक ‘हिलमेन्स एसोसिएसन’ नामक एक दलले दार्जिलिङ, जलपाइगुडी र डुवर्सलाई मिलाएर छुट्टै प्रशासनिक इकाईको माग उठाएको थियो । कालान्तरमा यो मागले पृथक राज्य निर्माणको रुप धारण गर्‍यो ।चार खण्डमा लेखिएको कृतिमा एकातिर, कांग्रेसी इन्द्रजीत खुल्लरले गोर्खाहरुलाई गुमराहमा पारेको चर्चा छ भने अर्कोतिर, भाजपाले लोकसभा चुनावमा गोर्खाहरुमाथि झुक्याइरहनुको रहस्य पनि कृतिमा खोतल्ने प्रयास भएको छ ।

 

सन् १९३० मा पनि यस किसिमका माग भयो । १९४५ मा साहित्यकार रुपनारायण सिंहले दार्जिलिङलाई वंगालबाट अलग गर्नुपर्ने भन्दै लामो समय आन्दोलन गरे । कालान्तरमा त्यो पनि तुहियो । सन् १९४६ मा त तत्कालीन कम्युनिष्टहरुले दार्जिलिङ, सिक्किम, डुवर्स तथा तराई र पूर्वी नेपालका केही भाग गाभेर सार्वभौम राष्ट्रको रुपमा छुट्टै ‘गोर्खास्थान’ निर्माणका लागि पहल गरे । ती सबै मागहरु तुहिदै गए ।

सन् १९७९ मा ‘प्रान्तीय परिषद’ नामक अर्को राजनीतिक दल जन्मियो र उसले छुट्टै राज्यको मागलाई अझ दमदारका साथ अघि बढायो । त्यो पनि जब तुहियो अनि उदाए- सुवास घिसिङ । सेनाको जागिर छाडेर आएका घिसिङले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नामक दल दर्ता गराएरै छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई फरक ढंगवाट अघि बढाए । सन् १९८६ देखि ८८ सालसम्म करिव २८ महिना लामो गोर्खा ल्याण्ड संघर्षको नालीवेली भोटु सिंह क्षेत्रीको आख्यानमा उल्लेख छ ।

हिंसात्मक बन्दा १ हजार २ सय वढीले ज्यान गुमाएका थिए । २२ अगष्ट सन् १९८८ दार्जिलिङ गोर्खा पार्वत्य परिषदको रुपमा आन्दोलनले विश्राम लिएको थियो । भोटू क्षेत्रीले आफ्नो कृतिमा सन् १९८६–१९८८ लाई गोर्खाल्याण्ड आन्दोलनको उत्थान अनि पतनको रुपमा व्याख्या गरेको सम्पादक राजा पुनियानीले जनाए । ‘पटक पटक गरी २९ पटक अलग अलग राज्यको माग उठ्यो’, पुनियानीले भने,‘ गोर्खाहरूको यही राजनैतिक चिन्हारी कृतिमा समेटिएको छ ।’

 

Comments are closed.