काठमाडौं । शिक्षाविद् रमेशप्रसाद गौतमद्वारा लिखित पुस्तक ‘शिक्षा र नागरिक शिक्षा’ एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।
मंगलबार पद्मोदय स्कुलको सभाकक्षमा आयोजित कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमा लगायतले पुस्तक सार्वजनिक गरे । पुस्तक सार्वजनिक गर्दै प्रमुख अतिथि माथेमाले गौतमको पुस्तकमा उनको ४० वर्षको शिक्षा क्षेत्रको अनुभव अभिव्यक्त भएको बताए ।
‘असल नागरिक बनाउने भनेकै नागरिक शिक्षाले हो’ भन्दै माथेमाले अहिलेको शिक्षा निजीकरणका नाममा व्यापारीकरण भएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रमका सभाध्यक्ष प्रा.डा. जयराज आचार्यले शिक्षाको स्तर खस्किँदै गएको उल्लेख गर्दै नेपालको शिक्षाप्रति विश्वासको संकट बढ्दै गएको बताए । उनले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक दलको भागबण्डाले गाँजेकोमा दुःख व्यक्त गर्दै भारतको बिहारमै पनि त्यस्तो काम नभएको चर्चा गरे ।
कार्यक्रममा कृतिकार गौतमका साथै डा. विद्यानाथ कोइराला, डा. पद्म देवकोटा, दीपेन्द्रपुरुष ढकाल, शर्मिला पौडेललगायतले नेपाली शिक्षा पद्दतीकाबारेमा बोले ।
पुस्तक सुन्दर स्वदेश पब्लिकेशनले प्रकाशित गरेको हो । पुस्तकको मूल्य ४५० रुपैयाँ रहेको छ ।
Trending Now
- हेमराज सापकोटाको बारेमा लेखिएको पुस्तक सार्वजनिक
- पलेँटीमा गुन्जिँदै कालीप्रसाद रिजाल र आभास
- २०२५ को पहिलो सूर्यग्रहण भोलि लाग्ने
- राजावादीले गरे प्रहरीमाथि ढुंगामुढा : पानीको फोहोरा फ्याँकियो
- म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, बैंककसम्म धक्का महसुस
- Six tourists feared dead after submarine sinks in Red Sea
- Canadian Prime Minister Carney says all old ties with the US are over
- कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु
- प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राजावादी र समाजवादी मोर्चालाई आग्रह
- शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख :टुंगिएन ओलीले जवाफ दिने विषय
Comments are closed.