काठमाडौँको मण्डला नाटकघरमा गोपी सापकोटाको उपन्यास “चिसो बाफ” लोकार्पण गरिएको छ। प्राज्ञ अमर न्यौपाने, समालोचक ज्ञानु अधिकारी, पत्रकार दीपक सापकोटा र उपन्यासकार गोपी सापकोटाले संयुक्त रुपमा उक्त उपन्यास लोकार्पण गरेका हुन्। प्रकाशकको तर्फबाट नरेन्द्र कुमार नगरकोटीद्वारा सञ्चालित उक्त कार्यक्रममा लोकार्पण गर्ने तीनै जना अतिथिहरू दीपक सापकोटा, ज्ञानु अधिकारी र अमर न्यौपाने ले ‘चिसो बाफ’ लाई सरल भाषामा लेखिएको प्रयोगधर्मी उपन्यास भनेर चर्चा गरेका थिए।
उपन्यासको पहिलो अध्याय पढेर नै मनमस्तिष्क बिथोलिएर केही बेर पढ्न रोकिएको कुरा तीनै जना वक्ताहरूले स्वीकार गरे। ‘चिसो बाफ’मा लाससँग सम्भोग गरिएको प्रसङ्ग भएको कुरा भन्दै प्लास्टिकको रुखको विम्बप्रति पनि वक्ताहरू आकर्षित भए। उपन्यासकार गोपी सापकोटाले नेपालमा लेखिने एकै खालका उपन्यासहरूबाट छुट्टै खालको उपन्यास आफूले लेख्ने प्रयास गरेको र अलिकति फरक केही लेख्छु भनेर ‘चिसो बाफ’ लेखेको हुँ भनेर स्पष्ट पारेका थिए ।
करीब एक घण्टा अवधिको उक्त कार्यक्रममा साहित्यकारहरू पुष्कर लोहनी, सुमन वर्षा, मुरारि सिग्देल, गोपीकृष्ण ढुङ्गाना, किशोर पहाडी, छविरमण सिलवाल, डि आर राई, मधुसुदन घिमिरे आदि सहितका जना कवि तथा लेखकको उपस्थिति रहेको थियो।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.