गोविन्द गिरी प्रेरणाको पछिल्लो कृति लघुकथासङ्ग्रह ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ एक विशेष कार्यक्रमका बीच विमोचन गरियो।
नेपाल स्रष्टा समाज,काठमाडौंद्वारा प्रकाशित उक्त कृतिलाई समाजकै आयोजनामा अनामनगरस्थित निम्तो रेष्टरेन्टमा प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा.डा.दयाराम श्रेष्ठले विमोचन गरेका हुन्।
नेपाल स्रष्टा समाज,काठमाडौंका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’ को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका आसनबाट बोल्दै श्रेष्ठले लघुकथा के हो कस्तो हुनुपर्छ,कथा र लघुकथामा के कस्ता समानता र भिन्नता छन् भन्ने कुराको चर्चा गर्दै प्रेरणाका लघुकथाहरूमा विभिन्न चार रङ्गहरूको संयोजन रहेको बताए।
त्यसैगरी,समालोचक श्रेष्ठले प्रेरणाका लघुकथाहरू लुते,डर छेरुवा,भगुवा,लुरे र झुसे नभएर साहसी,आँटिलो,दरो,बहादुर र चोटिला रहेको बताए।
सभापतिको मन्तव्यमा श्रीओम श्रेष्ठ’रोदन’ले लघुकथाका बारे चर्चा गर्दै ४० को दशकदेखि नै लोकप्रिय रहेको लघुकथा विधा सशक्त रहेको बताउँदै इतिहास समृध्द छ भने जतिसुकै दबाएर राखे पनि एक दिन उजागर हुने कुरा प्रष्ट्याए।
लेखकीय मन्तव्यमा स्रष्टा प्रेरणाले ५० को दशकमा लेखिएका आफ्ना लघुकथाहरू ५० वटै रहेर प्रकाशन हुनु आफैँमा एउटा संयोग भएको र स्रष्टा मित्रहरूकै आग्रहमा यो लघुकथा अहिले प्रकाशनमा ल्याएको कुरा बताए।
Trending Now
- खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न
- Indian Army Chief Dwivedi reaches Muktinath
- रवि लामिछानेलाई आज समय थप्नका लागि अदालत उपस्थित गराइने
- आजदेखि स-शुक्ल धरहरा चढ्न पाइने
- बिजेपी गठबन्धनलाई महाराष्ट्रमा भारी बहुमत
- गढीमाई मेलाको तयारी सुरू
- यस वर्ष मनकामना केबलकारले साढे १३ लाख यात्रुलाई सेवा दिने
- स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र
- Indian Army Chief in Pokhara: Honors gallantry award winners
- ९ अर्ब २० करोड लगानीमा चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप
Comments are closed.