काठमाडौँ,- काठमाडौँमा आयोजित एक कार्यक्रममा कवि तथा निबन्धकार गान्धीराज काफ्लेको छैठौं कृति “सुस्वास्थ” निबन्धसङ्ग्रह सार्वजनिक गरिएको छ।
प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य-सचिव डा.तुलसीप्रसाद भट्टराई सभापति तथा प्राध्यापक डा. गोविन्दराज भट्टराई प्रमुख अतिथि हुनुभएको सो समारोहमा प्राध्यापक तथा जनसंख्याविद् बालकृष्ण मुहाबुङ, प्राध्यापक डा.ज्ञानु पाण्डे समेतले विमोचन गर्नुभएको उक्त कृतिका बारेमा बालकृष्ण मुहाबुङ र ज्ञानु पाण्डेले समीक्षा गर्नुभएको थियोे । त्यसैगरी प्राध्यापक डा.कुमारप्रसाद कोइराला, एस्.पी कोइरालाले शुभकामना मन्तवय व्यक्त गर्नुभएको थियोे । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले साहित्यमा पनि स्वास्थ्यका साथसाथै अन्य पनि जोडिएर आउनुपर्छ र त्यसको शुरुवात भइरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
आज विमोचित आफ्नो कृतिका बारेमा कृतिकार गान्धीराज काफ्लेले अनुभव व्यक्त गर्दै सबैलाई धन्यवाद दिनुभएको थियोे ।
उक्त पुस्तक विमोचनको कार्यक्रम हरि गौतमले सञ्चालन गर्नुभएको थियोे । कार्यक्रममा झन्डै पचासजना साहित्यकारहरूको उपस्थिति थियोे ।
Trending Now
- Shiva Neupane’s Inspiring Story of Falang Food Dictionary Included in Grade Nine Curriculum in Nepal
- China opens up to global investors: new opportunities in the economy
- भूपी: छोरीको स्मृतिमा’ पुस्तक प्रकाशित
- इटहरीको सेन्टर प्लाजा आगलागी: १६ जनाको उद्धार
- South Korean Prime Minister Han’s impeachment dismissed, reinstated as acting president
- Russia, Ukraine agree to stop military attacks in Black Sea
- विपन्न बालबालिकालाई सहिद गंगालालमा मुटुको उपचार निःशुल्क गर्ने निर्णय
- सरकारले भूमि सम्बन्धी विधेयक नियमित प्रक्रियाबाट सदनमा लैजाने
- विश्व कविता महोत्सव सम्पन्न
- Sudanese army airstrike kills hundreds in Darfur market
Comments are closed.