खिमा रिजालको ‘अन्तर्मनका रङ्गहरू’ विमोचन

काठमाडौँ  । मनोविद् तथा  लेखक खिमा रिजालको ‘अन्तर्मनका रङ्गहरू’ सार्वजनिक भएको छ ।

मङ्गलवार विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर रिजालद्वारा लिखित ‘ अन्तर्मनका रङ्गहरू’ को एक कार्यक्रमका बीच प्रज्ञा प्रतिष्ठान सार्वजनिक गरिएको हो ।

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएकी लेखिका रिजालले मनो परामर्शको आवश्यकता, समाजमा भएका भ्रमहरू र मनोविद्को अवस्थाका बारेमा पुस्तकमा उल्लेख गरेकी छन् ।

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको उपचार गर्दाको अनुभव पनि पुस्तकमा उल्लेख गरेको रिजालले बताइन् ।  अक्षर क्रिएशन्स द्वारा प्रकाशित पुस्तकको प्रकाशक भने अर्चना थापा हुन् ।

Comments are closed.