चितवन । साहित्यकार सञ्जीव पौडेलको आत्मसंस्मरण ‘छोटु’ सार्वजनिक गरिएको छ । वरिष्ठ गीतकार, कवि एवं प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको प्रमुख आतिथ्ययतामा पौडेलको ‘छोटु’ सार्वजनिक गरिएको हो ।
आत्मसंस्मरण सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि थपलियाले समाजमा व्याप्त विकृति र विसङ्गति देख्दा आफूलाई पनि पुस्तक लेखौँ लेखौँ लाग्ने गरेको उल्लेख गरे । आफूलाई छोटु पढिरहँदा धेरै पटक आँखाबाट आँसु चुहिएको नले उल्लेख गरे । लेखक पौडेलको भोगाइ र भावनाको असन्तुलित जोड घटाउको भावना नै छोटु भएको उनले उल्लेख गरे ।
पुस्तक सार्वजनिक कार्यक्रममा लेखक पौडेलले आफ्नो भोगाइलाई केरमेट नगरी जस्ताको त्यस्तै पस्किएको उल्लेख गरे । उनले भने,’पछिल्लो समय गरिबीको बिस्कुन हालेर आँसुको व्यापार गर्ने प्रचलन मौलाएको छ । मेरो ध्येय त्यो होइन । मेरो खास उद्देश्य भनेकै गरिबी र सिकाइलाई पाठशाला बनाएर सफलता प्राप्त गर्ने हो ।’
शिक्षाविद् रमाकान्त सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यिक, शैक्षिक, बैङ्किङ, ज्येष्ठ नागरिक, पत्रकार, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू लगायत सामाजिक क्षेत्रका ३०० भन्दा बढी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.