पोखरेलको ‘फर्केर हेर्दा’ आत्मसंस्मरण लोकार्पण

प्राध्यापक कृष्ण पोखरेलको पुस्तक ‘फर्केर हेर्दा’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व सांसद कमल कोइराला, प्रा. कृष्ण खनाल, सरू पोखरेल र राजनीतिक विश्लेषक शंकर तिवारीले पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै लेखक पोखरेलले आफ्नो जीवनका अनेक पानालाई सार्वजनिक गरेको बताए। आफूले देखेको, भोगेको र अनुभूत गरेको समय, परिस्थिति र घटनाक्रमलाई पुस्तकमा समेटेको उनको भनाइ थियो।
कार्यक्रममा पूर्व सांसद कोइराला, प्राध्यापक खनाल, पूर्व न्यायाधीश मोहनप्रसाद सिटौला र विश्लेषक तिवारीले पुस्तकमाथि चर्चा गरेका थिए। उनीहरूले पुस्तक पठनीय रहेको भन्दै प्रशंसा गरे।
यो प्राध्यापक पोखरेलको आत्मसंस्मरण हो । यसमा झापा आन्दोलनलाई विस्तृत रूपमा चर्चा गरिएको छ । पुस्तकलाई शिखा बूक्सले प्रकाशन गरेको हो।

Comments are closed.