बेलायत बसोबास गर्दै आएकी सर्जक प्रतिमा केसी ‘प्रवासी’को मुक्तककृति ‘प्रवासी मन’ एक समारोहका बिच सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार उषा शेरचनलगायतले कृति सार्वजनिक गरेका हुन् ।
साहित्यकार शेरचनले कृति विमोचन गर्दै मुक्तक विधा सम्प्रेषणीय माध्यम भएको उल्लेख गरिन् । उनले समसामयिक मुक्तक लेखनबारे पनि चर्चा गरिन् ।
समीक्षक ज्ञानु अधिकारीले कृतिमा समावेश एक हजारभन्दा बढी मुक्तकहरूमा जीवनका यावत् विषयहरू समेटिएकाे बताइन् भने डा. रूपक श्रेष्ठले केसीका मुक्तकहरू प्रभावशाली भएको बताए ।
नेपाल मुक्तक प्रतिष्ठान काठमाडौँले आयोजना गरेको कार्यक्रममा सुनिल अधिकारी, रमेश पौडेल, राधेश्याम लेकाली, प्रतिमा केसीलगायतले मन्तव्य राखेका थिए ।
कुल १ हजार १ सय १२ मुक्तक रहेको सो कृति नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाले प्रकाशनमा ल्याएको हो ।
Comments are closed.