प्रवीण टन्डनको कथासंग्रह ‘जीवनका रंगहरू’लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा साहित्यकार प्रवीण टन्डनको नविनतम कृति ‘जीवनका रंगहरू’को लोकार्पण गरिएको छ। अनामनगरमा सम्पन्न उक्त लोकार्पण कार्यक्रम प्रमुख अतिथि वरिष्ठ कथाकार माया ठकुरी तथा राजेन्द्र के.सी. को अध्यक्षतामा सम्पन्न गरिएको थियो। रन्जना निरौलाको संचालन रहेको उक्त कार्यक्रममा कृति समीक्षा वरिष्ठ निबन्धकार युवराज नयाँघरे तथा कवि ऋषभ देव घिमिरेले गर्नु भएको थियो। शुभकामना मन्तव्य वरिष्ठ साहित्यकारहरू विधान आचार्य, रेणुका सोलु , लोक बहादुर टन्डन, तारा उप्रेती तथा हिरण्य कुमारी पाठकले दिनुभएको थियो।

स्वागत मन्तव्य निर्मल पराजुलीले गर्नु भएको थियो। कार्यक्रममा अनेसास नेपालका कार्यसमिति सदस्यहरू वरिष्ठ कवि तथा साहित्यकारहरू तथा लेखकका पारिवारिक सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। उक्त कथासंग्रहको भाषा सम्पादन र मुद्रण रमेश दाहालले गर्नुभएको थियो।
करीब दश वर्षअघि पहिलो कवितासँग्रह “भावहरूका लहर” प्रकाशनमा ल्याउनु भएका साहित्यकार प्रवीण टन्डनको कथासँग्रह “जीवनका रङहरू” दोस्रो कृति हो।

Comments are closed.