काठमाडौँ – अभिनेता राजबल्लभ कोइरालाको कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक भएको हो।
औरा कवि विप्लव प्रतीक, लेखक अच्युत कोइराला, कलाकार दीपाश्री निरौला र सञ्चारकर्मी दिलभूषण पाठकले लोकार्पण गरे।
साहित्य पोस्टले बजारमा ल्याएको सङ्ग्रहमा कोइरालाका नयाँ तथा पुराना गरी सयभन्दा बढी कविताहरू छन्।
कोइरालाले आफ्नी छोरी औराको नामबाट सङ्ग्रह प्रकाशित गरेका हुन्।
Comments are closed.