भट्टराईद्वारा रचित ‘’धराकर्षण’’महाकाव्य सार्वजनीक

काठमाडौंँ ।

साहित्यकार सीता भट्टराईद्वारा सिर्र्जीत ‘’धराकर्षण’’महाकाव्यलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बिशेष कार्यक्रमको आयोजना गरि सार्वजनीकरण तथा काव्य विमर्ष सम्पन्न ।

कवि तथा समालोचक प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव प्राज्ञ तथा दर्शनविद् जगत उपाध्यायको प्रमुख आतिथ्यमा एवं नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सचिव, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. देवी नेपाल, साहित्यकार एवं साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेल, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, समालोचक धर्म पोखरेल, समालोचक तर्कना शर्मा, वरिष्ठ संचारकर्मी पुरुषोत्तम दाहालको आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा जिवेश चामलिङग राइद्वारा कृतिको ३१औं सर्ग संगीतका साथ बाचन गरेका थिए । यसैक्रममा कृतिको समिक्षाका क्रममा समालोचक धर्म पोखरेलले आकाश र धर्ती बीचको मानवीकरण र मानवको प्रकृतिकरण गरिएको उल्लेख गर्दै धराकर्षणमा ३५ सर्ग र ३२ छन्दको प्रयोग गरिनुका साथै यसले राष्ट्रीयता मानवीयता र प्रकृतिवाद मुखरित भएको बताएका छन् ।

Comments are closed.