काठमाडौँ । कवि तारादेवी सुनुवारले जागिरे जीवनका क्रममा रोल्पा बस्दाको अनुभूति समेटेर तयार गरेको कृति अनुभूतिहरूको संग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण गरिएको छ । कृतिको पुस्तक शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा कक्षमा एक कार्यक्रमबिच साहित्यकार डा. नवराज लम्साल, वरिष्ठ नियात्राकार प्रतीक ढकाल, कवि मोमिला जोशी, कथाकार डा. अशोक थापा र तारादेवी सुनुवारले लोकार्पण गरे ।
प्रमुख अतिथिको रूपमा उपस्थित डा. लम्सालले लेखकको लेखनशैलीको प्रशंसा गर्दै उनले पहिलो बलमा नै ‘छक्का प्रहार’ गरेको तर्क गरे । तत्कालीन शसस्त्र युद्धको विषयवस्तु भए पनि बिचमा बसेर लेख्न सकेको भन्दै उनले लेखाइमा कुनै कुण्ठा, आवेग, दूराषय, चिन्ता नरहेको बताए । जीवन्त रहेको उनको पुस्तक रोल्पा चिन्न चाहने सबैले पढ्नैपर्ने ठहर गरे ।
कार्यक्रमको अध्यक्षता गरेका ढकालले आफ्नै बल र क्षमताले स्थापित भएकी तारा यो कृतिपछि धर्तीको तारा नभई आकाशको तारा भएको भाव व्यक्त गरे । यस्तै, कवि तथा निबन्धकार जोशीले उत्कृष्ट कृति तयार भएको भन्दै देश बुझ्न प्रत्येक व्यक्तिले यो कृति एक पटक पढ्नैपर्ने बताइन् । सरकारका सहसचिव राजन पौडेलले तारामा ‘जब्बर र घामट’ चरित्र रहेको भन्दै चुपचाप जागिर खाएरमात्रै बस्ने सहुलियत छोडेर युद्धका अनुभूति लेखेर सबैलाई यसको अनुभूति बाँडेको भाव व्यक्त गरे ।
यसैगरी, समालोचक तथा कथाकार डा. थापाले आख्यानको शिल्पमा सिर्जित अनुभूति–संग्रह आख्यानात्मक ढाँचामा लेखिएको बताए । सुनुवारको अर्को कृति आख्यानको रूपमा आउने आफूले अपेक्षा राखेको पनि उनले बताए । उता, सरकारका सहसचिव राजन पौडेलले तारामा ‘जब्बर र घामट’ चरित्र रहेको भन्दै चुपचाप जागिर खाएरमात्रै बस्ने सहुलियत छोडेर युद्धका अनुभूति लेखेर सबै समक्ष साझा गरेको बताए । सुनुवार राष्ट्रसेवक समाजका अध्यक्षसमेत रहेका गृह मन्त्रालयका उपसचिव अमरदिप सुनुवारले पुस्तकमा सशस्त्र द्वन्दको सचित्र व्याख्या रहेको बताए ।
महिला विकास कार्यालय रोल्पामा कार्यरत रहँदा गरेको ‘दैनिक डायरी’लाई ताराले पुस्तकको रूप दिएकी हुन् । रोल्पाली दिदी–बहिनीहरूसँगको बसाइ र उनीहरूले भोगेका पीडा र त्यहाँको वास्तविकताले कृति तयार गर्न घच्घचाएको लेखक तारादेवीले बताइन् । पुस्तकमा ग्रामीण जीवनको सुन्दरता, द्वन्द्वकालीन परिवेश, पारिवारिक विरासत र दैनिक अनुभवहरू समेटिएको उनले जानकारी दिइन् । तत्कालीन शशस्त्र युद्धका क्रममा रोल्पाका गाउँका कथाहरू पुस्तकमा छन् । २०७१ सालमा जागिरको सिलसिलामा सुनुवार रोल्पामा कार्यरत थिइन् ।
नेपाली र सुनुवार भाषामा बराबर कलम चलाउने तारा मुलतः कवि हुन् । यसअघि नेपाली भाषामा कवितासंग्रह ‘परिस्थिति’, ‘अविरल’ तथा गजलसंग्रह ‘सम्झनाका फूलहरू’ प्रकाशित छन् । सुनुवार भाषामा ‘धुँ थ्यानी संग्रह’, ‘देष मपथु वोय’, कवितासंग्रह ‘सुया’ र गजलसंग्रह ‘झुल्पी फू’ प्रकाशित छन् ।
कार्यक्रममा वरिष्ठ निबन्धकार युवराज नयाँघरे, साहित्यकार तथा समालोचक महेश पौड्याल, साहित्यकारहरू मधु आचार्य, अमरसिंह पुन, इन्द्रमणि अधिकारी, राजुबाबु श्रेष्ठ, डा. जीवन जीवन्त, भवानी खतिवडा, डा. अम्बिका अर्याल लगायतको उपस्थिति थियो । पेज टर्नर प्रा.लि.ले बजारद्वारा प्रकाशित कृतिको मूल्य ५५० रुपैयाँ रहेको छ ।
Trending Now
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
- Qatar and Egypt present new proposal to end Gaza war
- Harvard University files lawsuit against Trump administration’s decision to freeze aid
- प्रोल्लास सिन्धुलीयको ‘बागबजार बोल्दैन’ प्रकाशित
Comments are closed.