काठमाडौँ । कवि विष्णु थापा ‘बिछोड’को कविता सङ्ग्रह ‘नीलो माईक्रोजस्तो नदी’को लोकार्पण भएको छ । शनिबार वरिष्ठ समालोचक प्राडा रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा काठमाडौँमा आयोजित एक कार्यक्रममा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त कृति लोकार्पण गरेका हुन् । आफ्ना कवितामा विष्णु इमानदार भएको रामप्रसाद ज्ञवालीले भने । कवि र समालोचकबिच दुरी बढ्नु नहुने पनि उनले बताए ।
कवि लेखकहरूको बाक्लो उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपालले गरेका थिए । कार्यक्रममा डा कौशिला रिसाल, विजयध्वज थापा, रामेश्वर श्रेष्ठ ’शैलेन्द्र’, डा गोविन्दमान सिंह कार्कीले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा विनोद मन्जन, प्रोल्लास सिन्धूलीया आदि सािहत्यकारहरूले कृतिमाथि आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन कवि सुशीला खड्का ‘हसिना’ले गरेकी थिइन् । राधा दुलाल कार्की र भुवन सिवाकोटीले विमोचित कृतिबाट कविता वाचन गरेका थिए । ‘नीलो माईक्रोजस्तो नदी’मा ४८ वटा कविताहरू सङ्ग्रहीत छन् । यो कवि थापाको दोस्रो कविता सङ्ग्रह हो ।
Trending Now
- सुरभि साहित्य प्रतिष्ठान’द्वारा चार पुरस्कारको घोषणा
- बाक्लो हुस्सुका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
- गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
- China launches orbital refueling satellite
- Mahindra Democratises Premium EV Technology, Announces Top Variant Prices of BE 6 and XEV 9e
- Tibet quake: Death toll rises to 126
- The International Nepali Literature Society has formed the INLS Women’s Committee
- कास्कीमा ‘अघोषित निषेधाज्ञा’ ! अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा
- आन्तरिक लोकतन्त्र र तानाशाही प्रवृत्तिको एमालेमा राम्रो उजागर भएको माओवादीको निष्कर्ष
- विश्वप्रकाश शर्माद्वारा चिया क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता