देविका तिमिल्सिनाद्वारा लिखित “अन्त्य कहाँबाट सुरु हुन्छ ?” कवितासङ्ग्रह लोकार्पण

२०८० भाद्र २ गते शनिबार सामाजिक विकास समाज अनामनगर काठमाडौँमा नेपाल स्रष्टा समाजको आयोजनामा स्रष्टा देविका तिमिल्सिनाद्वारा लिखित “अन्त्य कहाँबाट सुरु हुन्छ ?” नामक कविता सङ्ग्रह एक समारोहकाबीच लोकार्पण भएको खबर छ।
वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक नगेन्द्रराज शर्माको प्रमुख आतिथ्य तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा लोकार्पण कार्यक्रम भएको थियो ।
समारोहमा उपन्यासकार शङ्कर भारतीले स्वागत मन्तव्य राखेका थिए।
समारोहमा समालोचक प्रा.डा.गोविन्दराज भट्टराईले विमोचित पुस्तकबारे समीक्षात्मक टिप्पणी गरेका थिए भने साहित्यकारहरू मातृका पोखरेल, चन्द्रप्रसाद भट्टराई, हिरण्य कुमारी पाठक तथा पवन आलोकले शुभकामना मन्तव्य राखेका थिए।
विमोचित पु्स्तकबाट साहित्यकार चेतनाथ कँडेल हरितले एउटा कविता वाचन गरेका थिए भने कृतिकार तिमिल्सिनाले आफ्नो कृतिका बारेमा प्रकाश पारेका थिए।
समाजका सदस्य मधु पाठकद्वारा सञ्चालित उक्त कार्यक्रममा आज स्रष्टा तिमल्सिनाको जन्मदिन पनि परेको हुँदा प्रमुख अतिथि सहित परिवारजनले बधाईसहित शुभकामना अर्पण गरेका थिए भने कार्यक्रम सञ्चालक पाठकले हामी सबैले ताली सहित एकसाथ बधाई भनौँ भनेपछि हल तालीले गुञ्जायमान भएको थियो ।

Comments are closed.