कर्णालीका गाउँखाने कथाहरू” नामक साइतरसङ्ग्रह प्रकाशित

काठमाडौँ । गाउँ खानेकथालाई कर्णालीमा साइतर भनिन्छ । तिनै साइतरहरूको खोजअनुसन्धान ,सङ्कलन र सम्पादन गरेरस्रष्टा खडानन्द चौलागाईंले “कर्णालीका गाउँखाने कथाहरू” नामक साइतरसङ्ग्रह प्रकाशित गर्नुभएको छ । यस पुस्तकको लोकार्पण प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा.मधुसूदन गिरीले गर्नुभयो ।
यस अवसरमा प्रमुख अतिथि गिरीले खडानन्द चौलागाईंले प्रकाशित गर्नुभएको पुस्तक “कर्णालीका गाउँखाने कथाहरू”कर्णालीको जनजीवनमा भिजेको लोकगाथा हो ।यसले वास्तविक लोकमय साहित्यिक भाकालाई चित्रण गरेको छ ।तर, केही लेखकहरूले यथार्थलाई भाँचकुच गरेर स्वार्थ पूरा गरेका छन् ,कर्णालीको नाम भजाएर अनुचित लाभ लिएका छन् । त्यस प्रवृत्तिलाई निरुत्साहित नगर्ने हो भने कर्णालीको मौलिकता समाप्त हुने चिन्ता व्यक्त गर्नुभयो ।
यसै सिलसिलामा चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख राजुसिंह कठायतले जुम्ला नेपाली भाषाको माउभाषा “खसभाषा”को उत्पति थलो भएर पनि राज्यबाट उपेक्षित छ ।पाठयपुस्तक वा सञ्चारमाध्यममा खासै प्राथमिकता दिएको देखिँदैन ।कर्णालीको मौलिक लोकसाहित्यलाई सबैले उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।स
यसैगरी “कर्णालीका गाउँखाने कथाहरू”साइतरसङ्ग्रहको समीक्षा गर्दै कृषिविज्ञ डा.भीम केसीले कर्णालीको
भाषा,लोकोक्ति,टुक्का ,उखानलगायत कैयन् सांस्कृतिक र पुरातात्त्विक वस्तुहरू विलुप्त भइसकेका छन् ।आधुनिक प्रविधिसँगै कर्णालीको मौलिकतामा ह्रास आएको छ ।यसका साथै खसभाषा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न सक्नुपर्छ भन्नुभयो ।
यसै क्रममा नेपाली काङ्ग्रेस जुम्लाका महाधिवेशन प्रतिनिधि दिलबहादुर महत्तले कर्णालीको लोकसाहित्य र साइकरको उत्खनन गर्नुपर्ने बताउँदै खसभाषामा “कर्णालीको
माउटो”बोलको लोकगीत गाउनुभयो ।
यसैगरी पुस्तकका लेखक खडानन्द चौलागाईले कर्णालीको गाउँखाने लोककथामा बौद्धिक ,सामाजिक र सांस्कृतिक चित्रण रहेको उल्लेख गर्नुभयो।साथै नेपाली भाषाको माउभाषा ” खस भाषा”लाई सरकारले सदैव उपेक्षा गरेकाले मौलिक जीवनशैली र लोकसंस्कृति सङ्कटमा पर्न थालेको देखेर आफूले” कर्णालीका गाउँखाने कथाहरू” लाई अन्वेषण गरी पुस्तकको रूप दिएको बताउनुभयो ।
यसैक्रममा कार्यक्रमका उद्घोषक , कवि ,गायक तथा पत्रकार मोतीराज बमले “जुम्ली” शीर्षकको रैथाने कविता र लोकगीत प्रस्तुत गर्दै कर्णालीको साहित्यिक र सांस्कृतिक क्षेत्रको विकासमा सरकारले वेवास्ता गरेको धारणा राख्नुभयो ।
यसैगरी समापनका क्रममा सभाध्यक्ष तथाआयुषराज मल्टिमिडिया प्रालिका अध्यक्ष भरतबहादुर मल्लले कर्णाली क्षेत्रको लुकेका साइतर र अोझेल परेका भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो ।

Comments are closed.