कवि नवीन प्राचीनको कवितासंग्रह ‘प्वाँख’ बजारमा

काठमाडौँ — पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कविता संग्रह ‘प्वाँख’ बजारमा ल्याएको छ । ८७ कविताहरू सङ्गृहित उक्त कृति बिहीबारबाट बजारमा आएको हो ।

भित्र कुनै कोमल भावना बनी कविता अवतरित भए,’ प्राचीनले भने, ‘मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु ।’ वर्षौं जतन गरेर राखेका भावना पाठकमाझ पुगेर अझ सजीव हुन्छन् भन्ने कुराले उनी खुसी छन् ।

कवि प्राचीनका निजात्मक शैलीका कवितालाई कवि नवराज पराजुली सुफी शैलीका कविता भन्न रूचाउँछन् । संग्रहबारे बोल्दै उनले भने, ‘प्वाँखभित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्ध्वनि थियो तर चाहेर पनि कतै पढ्नचाहीँ पाएको थिइनँ ।’

संग्रह हालसालै एक समारोहबीच अमेरिकाको न्यूयोर्कमा विमोचन गरिएको थियो ।

Comments are closed.