डा ऋषि बस्ताकोटीको मुक्तकसंग्रह ‘विसंगत बस्ती’ विमोचन

भानु जयन्तीको अवसरमा आज नर्थ क्यारोलाइनाको केरीमा आयोजित साहित्यिक कार्यक्रममा डा ऋषि बस्ताकोटीद्वारा लिखित  मुक्तक संग्रह ‘विसंगत बस्ती’को  विमोचन गरिएको छ ।  नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरु ई. ईश्वर देवकोटा, डा नारायण राजभण्डारी,  नगेन्द्र न्यौपाने, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष नम्रता गुरागाई, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष आरपी पौडेल र मुक्तककार बस्ताकोटी स्वयमले संयुक्त रुपमा पुस्तकको विमोचन गरे ।

कार्यक्रममा ई इश्वर देवकोटाले मुक्तककार बस्ताकोटीको साहित्यिक तथा सामाजिक योगदानको चर्चा तथा नम्रता गुरागाईंले विमोचित पुस्तकको समीक्षा गरेका थिए । डा अच्युत शर्मा र कल्पना घिमिरेले संग्रहभित्रबाट छानिएका मुक्तक बाचन गरेका थिए । बस्ताकोटीको दोस्रो साहित्यिक कृति विसंगत बस्ती बीएन पुस्तक संसारले हालै बजारमा ल्याएको हो ।

Comments are closed.