डा.ढाकाराम सापकोटाद्वारा लिखित पुस्तक लोकार्पण

काठमाडौँ,  डा.ढाकाराम सापकोटाद्वारा लिखित पुस्तक ‘नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एकतादेखि विभाजनसम्म’को लोकार्पण गरिएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा उक्त पुस्तकको लोकार्पण गरिएको हो। कार्यक्रममा पुस्तकमाथि समीक्षकद्वय डा.बेदुराम भुसाल र प्रा.डा. इन्दु आचार्यले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो।

प्रा.डा.आचार्यले पुस्तकमा समावेश दस्तावेजको हिसाबले सारै उपयोगी र पठनयोग्य रहेको बताउनुभयो। यसैगरी डा. भुसालले एकताका सन्दर्भ, एकतापछि भएका निर्णय, पार्टीभित्रका विवाद र त्यसपछि भएका दस्तावेज पुस्तकमा सङ्ग्रह गरिनु नै महत्त्वपूर्ण रहेको बताउनुभयो। लेखक डा. सापकोटाले आफूले पुस्तकमा सत्यतथ्य स्रोतमा आधारित भएर लेखेको जानकारी दिँदै दस्तावेज संलग्न गर्दा परेको कठिनाइबारे बताउनुभयो।

Comments are closed.