भुटानी लेखकद्वय खेम रिजाल र रमेश गौतमका पुस्तक सार्वजनिक

भुटानी लेखकहरू खेम रिजाल र रमेश गौतमका दुई पुस्तक सार्वजनिक गरिएको छ । भुटानमा जन्मिएर शरणार्थी चिनारीसँगै अमेरिकाको ओहायोमा बसोबास गर्दै आएका रिजालको गीतिसंग्रह ‘ऊर्जा’ प्रकाशित भएको छ भने । नर्वेको स्टाभाङ्गरमा बस्दै आएका रमेश गौतमको कवितासंग्रह ‘चिताको आगो साँच्चै तातो हुँदोरहेछ’ पुस्तक सार्वजनिक गरिएको छ । एक कार्यक्रममा भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले सार्वजनिक गरेका हुन् ।
साहित्य परिषद् भुटानले प्रकाशित गरेका कृतिबारे भुटानी सामाजिक तथा राजनीतिक अन्तर्वस्तुबारे जानकार प्राध्यापक गोविन्दराज भट्टराईले टिप्पणी गरेका थिए । कविता तथा गीत–गजल लेखनमा आफ्नो अलग्गै पहिचान बनाइसकेका रिजालका गीतहरूमा सत्यराज आचार्य‚ स्वरुपराज आचार्य, बाबु बोगटी, रामकृष्ण ढकाल, कर्ण दास, बानिका प्रधानलगायत स्रष्टाले स्वर भरिसकेका छन् ।
यसै गरी कवि गौतमका ४ दर्जनभन्दा बढी कविता सङ्गृहीत ‘चिताको आगो साँच्चै तातो हुँदोरहेछ’ मा भुटानको स्मृतिदेखि पुनपर्बसोबासको चरणसम्मका अनुभूति समेटिएका छन् । ‘गौतमका कवितामा स्वच्छन्दवादी प्रवृत्ति, नवीन भावचेतना र सघन बिम्बसमेत रहेको छ‚’ गौतमको लेखनीबारे परिषद्को प्रकाशन विभागका प्रधान सम्पादक शिवलला दाहालले भनेका थिए ।

 

Comments are closed.