Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

प्रा. डा. कृष्णप्रसाद पौडेलको कृति ‘लय छुटेको समय’ सार्वजनिक

Editorial Team by Editorial Team
July 17, 2022
in Book Releases, Education
0
प्रा. डा. कृष्णप्रसाद पौडेलको कृति ‘लय छुटेको समय’ सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन — भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलद्वारा लिखित पुस्तक ‘लय छुटेको समय’ शनिबार सार्वजनिक भएको छ । चिकित्सा शिक्षा पढ्दाका पौडेलका गुरु रहेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नवलपुर गैंडाकोटमा आयोजना भएको कार्यक्रममा पुस्तक विमोचन गरे ।

‘लय छुटेको समय’ कोरोना महामारीका बेलामा लेखेको पुस्तक भएको डा.पौडेलले बताए । पुस्तकमा कोरोनाकालमा लेखेका केही डायरीहरुका साथै बिरामी र चिकित्सकको सम्बन्ध र समस्याजस्ता विषय समेटिएको उनले बताए ।

पुस्तकबारे चर्चा गर्दै समीक्षक एकनारायण पौडेलले निबन्ध विधाअन्तर्गत रहेको यो किताबमा कविता, हाइकु, मुक्तक, संस्मरण र कथाहरुसमेत रहेको बताए । दुई खण्ड रहेको पुस्तकमा ‘उपचारको उपक्रम’ भन्ने खण्डमा २२ र ‘लकडाउन डायरी’मा ३६ गरी ५८ लेखहरु रहेको समीक्षक पौडेलले बताए । ‘पुस्तकमा लेखकको चिकित्सकीय र समाजशास्त्रीय दुवै खाले दृष्टिकोणहरु अटाएको छ । उहाँले बिरामी, रोग र उपचारसँग जोडिएर आउने निदानका उपायहरुका साथै अनुभव र मनोभावनाहरु राख्नु भएको छ,’ समीक्षक पौडेलले भने ।

प्रमुख अतिथि कोइरालाले पौडेलले समाज बुझेर पुस्तक लेखेको धारणा राखे । ‘उपचारमा व्यस्त हुने चिकित्सकले लेखे पनि पुस्तकको भाषा र प्रस्तुति रुचिकर र रसिलो छ । समाजको आवश्यकता बुझेर लेखेको पाएँ । उहाँ चिकित्सकमात्रै नभएर समाजशास्त्रमा एमए गरेको व्यक्ति भएका कारणले यो सम्भव भयो,’ कोइरालाले भने । डा. पौडेलको यसअघि निबन्धसंग्रह ‘कम्मरीदेखि कोभिड कहर’ र कवितासंग्रह ‘खुसीहरुको वनबास’ प्रकाशित भएका छन् ।

Advertisement Banner
Previous Post

मोतिशोभा श्रेष्ठका दुई कृति लोकार्पण

Next Post

पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ विमोचन

Editorial Team

Editorial Team

Next Post
पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ विमोचन

पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ विमोचन

Recommended

ICC Women’s T20 World Cup Global Qualifier: Nepal defeats Zimbabwe

ICC Women’s T20 World Cup Global Qualifier: Nepal defeats Zimbabwe

2 months ago
CPN (UML) has decided to submit a closed list of the candidates for the proportional representation (PR) in the upcoming March 5 election

CPN (UML) has decided to submit a closed list of the candidates for the proportional representation (PR) in the upcoming March 5 election

3 months ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.