संयुक्त कवितासङ्ग्रह “सोपान” सार्वजनिक तथा सम्मान कार्यक्रम

विभिन्न पुस्ताका सात कविका सात÷ सात कविता रहेको नवीनतम् कृति “सोपान” संयुक्त कवितासङ्ग्रहको लोकार्पण भएको छ । उक्त कार्यक्रममा कृष्णबहादुर साहु सभापति, वरिष्ठ कवि तथा सस्कृतिबिद् तुलसी दिवस प्रमुख अतिथि तथा वरिष्ठ कवि श्रीओम श्रेष्ठ” रोदन, चारै वेदका अनुवादक तिलक लुइँटेल र उपभोक्ता जागरण अभियानका अध्यक्ष तथा खोटाङ सम्पर्क मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली विशिष्ट अतिथि थिए ।

सोपान कविता सङ्ग्रहमा अग्रज र अनुज गरी सात कविका कविता समावेश छन् भने अतिथि कविका रुपमा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी, अग्रज कवि प्रकाश घायल, कवि प्रज्वल अधिकारी र मौन आवाजका कविताहरू समावेश गरिएका छन् । सात कविहरूमा क्रमशः रामचन्द्र दाहाल, गणेश लोहनी, गोपी कृष्ण थापा, दुर्गा किरण तिवारी, मौनता थापा, कपिल अधिकारी र माधव बिडारी रहेका छन् ।

गीतकार तथा मुक्तककार एच. के धितालले सञ्चालन गरेको कार्यक्रममा दुर्गा किरण तिवारीले स्वागत गर्नुभएको थियो भने आयोजक संस्था मतमति साहित्य समाजका उपाध्यक्ष जनार्दन अधिकारी ”धड्कन”ले संस्थाको बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रमको औचित्य र पुस्तकको महत्वपूर्ण तथ्यको विषयमा लोकार्पित कृतिका सम्पादक तथा आयोजक संस्थाका उपाध्यक्ष माधव बिडारीले प्रस्ट पारेका थिए ।

कवि तथा लघुकथाकार मौनता थापा, तारा के.सी , शुशिला शर्मा , गणेश लोहनी लगायतले आफ्नो रचना वाचन समेत गरेका थिए । उक्त कार्यक्रममा चितवन निवासी उपन्यासकार चिरञ्जीवी दाहाललाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित स्रष्टाको विषयमा मनमति साहित्य समाजका महासचिव जनक अधिकारीले सम्मानित स्रष्टाबारे बोलेका थिए भने सम्मानित स्रष्टाले आफू सम्मानित हुँदा कार्यक्रम संयोजक गोपीकृष्ण थापा तथा सभापति कृष्णबहादुर साहुले प्रमुख अतिथि तथा विशिस्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

Comments are closed.