राष्ट्रकविका सन्तान दिदीभाइको एकैसाथ कृति लोकार्पण

आवरण प्रकाशन पुतली सडकको आयोजनामा ग्रीनलिफ फुडको सभाहलमा राष्ट्रकवि माधव घिमिरेपुत्री ज्योति पौडेलको – “पेनड्राइभ” गीतिकविता सङ्ग्रह र पुत्र राजीव घिमिरेको गद्यकविता सङ्ग्र-“मेराकी” लोकार्पण गरिएको छ ।
आवरण प्रकाशनका प्रबन्धक रमेश पौडेलको सभापतित्वमा , गीत गजलकार, कवि, समालोचक डा.कृष्णहरि बरालज्युको प्रमुख आतिथ्य तथा हेम भण्डारीको रोचक उद्घोषणमा कार्यक्रम सम्पन्न गरिएको थियो। समीक्षकद्वय कृष्णहरि बराल र प्रतीक ढकालले कृतिको समीक्षा गर्नु भएको थियो। कृतिकारद्वयकी आमा महाकाली घिमिरे र कृतिकारद्वयको विशिष्ट आतिथ्यमा दीपोज्वलन गरी कृतिलोकार्पण गरिएको थियो।

Comments are closed.