पद्मश्री साहित्य पुरस्कारका लागि पुस्तक आह्वान

नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकहरु मध्ये उत्कृष्ट ठहरेको पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिइन्छ । यो वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा अघिल्लो वर्षभरि प्रकाशित कृतिहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ ।
पुरस्कार चयन समितिले प्रतिस्पर्धाका लागि इच्छुक प्रकाशक वा लेखकले ३र३ प्रति पुस्तक उपलब्ध गराउनु हुन आग्रह गरिएको छ ।
पुस्तक पुरस्कारका लागि सम्पर्क व्यक्ति खेम लामिछाने वा काठमाडौँको धुम्बाराहीस्थित अकामा होटेलमा पुस्तक उपलब्ध गराउन आग्रह गरिएको हो ।
पुरस्कारका बारेमा थप जानकारी टेलिफोन नं। ंढठठ ढडछज्ञद्दज्ञडण्ण्द्द मा सोध्न सकिनेसमेत जनाइएको छ ।
अघिल्लो वर्ष पद्मश्री साहित्य पुरस्कार केशवराज ज्ञवालीको अर्को भोर कथा संग्रहले प्राप्त गरेको थियो भने पद्मश्री साहित्य साधना सम्मान कथाकार माया ठकुरीलाई प्रदान गरिएको थियो । यस्तै पद्मश्री गौरव पुरस्कार नेत्र चिकित्सक डा। सन्दुक रूइतलाई प्रदान गरिएको थियो ।
२०६३ सालदेखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरूमध्ये निर्णायक मण्डलले उत्कृष्ठ ठहर्याएको पुस्तकलाई हरेक वर्ष प्रदान गर्दै आएको छ ।
तीन वटै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिन्छ । तीन वटै पुरस्कार तथा सम्मानको राशि तीन लाख रूपैयाँ रहेको छ ।

 

Comments are closed.