Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

साहित्य सञ्जाल रौतहटको बृहत् साहित्यिक गोष्ठी सम्पन्र

himalaya Diary News Service by himalaya Diary News Service
March 29, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
साहित्य सञ्जाल रौतहटको बृहत् साहित्यिक गोष्ठी सम्पन्र
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

चैत्र १३,रौतहट । साहित्य सञ्जाल रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को प्रायोजनमा बृहत् साहित्यिक गोष्ठी सम्पन्र गरिएको थियो । साहित्यानुरागी वडाध्यक्ष अमर आलेको सभापतित्व तथा प्रमुख अतिथि साहित्यकार तथा बरिष्ठ नाटककार अशेष मल्ल, बिशिष्ठ अतिथि साहित्यकार नगेन्द्रराज शर्मा एवं प्रा. डा.साबित्री कक्षपति एवं नगर प्रमुख रामचंद्र चौधरीको उपस्थितिमा चन्द्रनिगाहपुर स्थित ए एन प्लाजामा कार्यक्रमको आयोजन गरियो ।

सहीद प्रति सम्मान ब्यक्त गर्दै राष्ट्रीय गान आरम्भ गरेर प्रमुख अतिथी ले ब्यानर पढि औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा साहित्य संजालकी सदस्य लक्ष्मी श्रेष्ठले उपस्थित सवैलाइ न्यानो स्वागत गर्दै मलामी नामक कविता सुनाउनुका साथै संस्थागत गतिविधि र कार्यक्रम बारे तेजबिक्रम कार्कीले प्रकाश पारेका छन् । बिभिन्न जिल्ला तथा राजधानी बाट समेत सर्जकहरुलाइ आमन्त्रण गरिएकोले कार्यक्रम निरंतर ५ घण्टा सम्म भब्य रुपमा सम्पन्न गरिएको थियो ।

कार्यक्रमका बीच डा. शालिकराम शर्मा पौडेलको ‘’ देहात तापेर आयुर्वेद ‘’ नामक संस्मरणात्मक कृतिको बिमोचन समेत गरियो । समिक्षक, समालोचक राज पौडेलले बिमोचित कृति बारे बोल्दै डा. शालिकरामले बयोबृध्द अवस्थामा समेत आयुर्वेदीय चिकित्सा प्रणालीको माध्यमले स्वदेश र स्वदेशबाशी प्रतिको अगाध जिम्मेवारी र कर्तब्य निर्वाह गरिरहेकोले डा. स्वयंको दीर्घजीवनको कामना समेत गरेका थिए । यसैगरी आफ्नो कर्मको माध्यमबाट समाज र राष्ट्रप्रति विशेष योगदान दिने व्यक्तित्व हरुलाइ माला खादा तथा दोसल्ला ओढाएर सम्मानित समेत गरिएको थियो सम्मानित हुने ब्यक्तित्वहरुमा क्रमशः चिकित्सा क्षेत्रमा डा. शालिकराम शर्मा खेलकुद क्षेत्रमा योगदान दिएर समाज र राष्ट्रको नाम उंचो राखेबापत खड्ग आले ,नर कुमारी गुरुङ्ग ( हवल्दार्नी आमै ) लामो समयदेखि चिया बेचेर प्रशिद्धि कमाएकी तथा स्वरोज़गार भएकी साथै पत्रकारितामा खेम बोलखे लाइ सम्मान गरिएको थियो ।

रचनाबाचनका क्रममा करिव ५० कवि तथा स्रष्ठाहरुले आफ्नो रचना बाचन गरेका थिए । यसै क्रममा रेणुका जीसीले कोही त हुनु ,सुमन घिमिरेको ललनको मालाको दोकान ,असिम सागरको कृपया सातौं तलाबाट नथुक्नु होला प्रज्वल अधिकारीको ‘’याद र बर्तमान ‘’ ,अवधेशहरि भट्टराईको मान्छे बदलिएको छ, सुरज पराजुलीको ‘’पानके पत्ता ‘’ , त्रिभुवन चन्द्र वाग्लेले संक्षिप्त कवितांश प्रस्तुत गरेका थिए । लक्ष्मण आचार्यको ‘’चप्पल’’, रुबी सत्यालको ‘’भोकको ओषधी ‘’ , हरिकृष्ण काफ्लेको केही मुक्तकहरुले सहभागीहरुलाइ रोमाञ्चकता प्रदान गरेको थियो । यसैगरि खोलाघरे साहिंलोको धन्न आयो बुढ्यौली, जीवन्त बिम्बको गद्यकविता ‘’बा’’ सिर्जना शर्माको छन्दकविता भो फर्क प्यारा घर ,रोशन फुंयालको सहिदको सन्तानको प्रश्न, कृष्ण खतिवडाको भ्याकेन्सी एनाउन्समेन्ट ,लम्बोदर कांचुलीका अन्जान मायालुका साथै प्रोल्लास सिन्धुलियको प्रश्नपत्र,लगायत पवन आलोक जीविका अश्रुले आफ्नो रचना बाचन गरिएका थिए ।

कार्यक्रममा अतिथीका रुपमा बोल्दै साहित्यकार सर्जक अध्येता सितल गिरीले सर्जकहरु काब्यीक सृजनशिलताका संबाहक हुने भएकोले मनका अत्यन्त सुकिला अनि ब्यवहारमा स्पष्टता हुनुपर्ने कुरामा जोड़ दिंदै साहित्य सृजना सदैव नबीन हुने कुरा बताएका छन् । बिशिष्ठ अतिथिको रुपमा बोल्दै प्रा.डा.साबित्री कक्षपतिले हामीहरु कतिपय सृजनाले बोलेजस्तै अधिकारको नाममा कर्तब्य बिर्सिरहेका त छैनौं ? यो गम्भीर चासो र चिन्ताको बिषय भएकोले हाम्रा कतिपय आचरण र ब्यवहारहरु समाजले अनुमोदित गर्नु पर्ने कुरामा जोड दिंदै समाज र साहित्य एकै सिक्काका दुइ पाटो हुन् दुवैको समान भावना र अशल कर्मका साथ अघि बढ्दा समुन्नत समाजको निर्माण गर्नमा साहित्यले ठूलो भूमिका खेल्ने कुरा ब्यक्त गरिएको थियो ।

प्रमुख अतिथि अशेष मल्लले कला साहित्य समाजको निर्देशक ऐना भएकोले यसको प्रयोगलाइ हलुका रुपमा बुझ्न नहुने कुरा बताउंदै समाजलाइ अनि राष्ट्रलाइ स्पष्ट दृष्टिकोण दिनका लागि पंचायत कालमा आफूले खेलेको भूमिकाका कारण तत्कालीन सत्ताले आफूलाइ कैयौंपटक जेलनेल दिएर दु:ख दिएपनि स्पष्ट बिचार र निरंतर कर्मशीलताले गर्दा अन्ततः जनताको जीत भएकोले साहित्य कलालाइ सामान्यतः कठोर साधनाको आवश्यक पर्ने कुरामा जोड़ दिएका थिए । राम आचार्य ”कदम’‘द्वारा संचालन गरिएको उक्त कार्यक्रममा
साहित्य संजाल रौतहटका अध्यक्ष माधव काफ्लेले उपस्थित सवैलाइ धन्यवादज्ञापन गर्दै समय समयमा यस्ता कार्यक्रमको आयोजनागर्न सके साहित्य उत्थानमा सहयोग पुग्ने बिचार ब्यक्त गरेका छन् । कार्यक्रम पश्चात काठमाण्डौ बाट गएका अतिथी साहित्यकार हरुलाइ ४ जिल्लाको सिमाना पर्ने बागमति किनारस्थित पर्यटकीय स्थान नूनथरको अवलोकन भ्रमण गराइएको थियो .

Advertisement Banner
Previous Post

‘पुरानो घर’ मा नाटक ‘खत’ मञ्चन हुँदै

Next Post

 बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ प्रकाशित

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
 बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ प्रकाशित

 बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ प्रकाशित

Recommended

बीडी त्यागी सम्मान पुरस्कार २०८३ को लागि प्रतिभा चयन

बीडी त्यागी सम्मान पुरस्कार २०८३ को लागि प्रतिभा चयन

6 months ago
Nabil Bank reaches over 11,000 students in financial literacy drive

Nabil Bank reaches over 11,000 students in financial literacy drive

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.