बीएसई सेन्सेक्स इतिहासमै पहिलो पटक ७५ हजार माथि

 

नयाँ दिल्ली । भारतको प्रमुख शेयर परिसूचक बीएसई सेन्सेक्स इतिहासमै पहिलो पटक ७५ हजार अंकमाथि पुगेको छ । निफ्टी ५० पनि २२ हजार ७५० स्तरमाथि उक्लिएको थियो ।
कारोबार खुल्दाखेरि नै सेन्सेक्स ७५ हजार १२४ दशमलव २८ अंकमा थियो । सन् २०२० को मार्च २४ मा कोभिडको समयको न्यून स्तरबाट सेन्सेक्स करिब १९० प्रतिशतले बढेको छ । सेन्सेक्समा सूचिकृत करिब २० ओटा शेयरमा वृद्धि सेन्सेक्सको भन्दा धेरैको छ । अन्य १० शेयरको प्रदर्शन चाँहि बेञ्चमार्कको भन्दा थोरै भएको बताइएको छ ।
निर्वाचनसम्बन्धी खर्चका कारण खपत माग बढ्ने भएकोले चालु आवको पहिलो अर्धवार्षिक अवधिमा भारतीय अर्थतन्त्र बढ्ने अनुमान छ । त्यसैले यस अवधिमा शेयर बजारले पनि राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

Comments are closed.