बसले किच्दा सहचालकको मृत्यु

चितवन, २६ असार

भरतपुर महानगरपालिका-२५ शुक्रनगरमा ना.५ ख ९६७ नम्बरको बसले किच्दा बसका सहचालक सोही महानगरपालिका-२४ बस्ने २१ वर्षीय सुरज नेपालीको आइतबार बिहान मृत्यु भएको छ ।

बस बिग्रीएर मर्मत गरिरहको अवस्थामा बस चालकले बस स्टार्ट गरी अगाडि बढाउने क्रममा किच्दा गम्भीर घाइते भएका नेपालीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.