नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका-१२ मा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बट्टारबाट धान्से जाँदै गरेको बा.२ ख. ८४५३ नम्बरको बस चैनपुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले बताए ।

दुर्घटनामा परेर दुई जना पुरुष र एक महिनाको मृत्यु भएको छ । डिएसपी खड्काका अनुसार मृत्यु हुनेमा विदुर–३ घर भएका ७३ वर्षीय बाबुराम नेपाली र विदुर-६ घर भएका ६८ वर्षीय रामप्रसाद अर्यालको पहिचान खुलेको छ । दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २३ जना घाइते भएका छन् ।

Comments are closed.