काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका तीन खेलाडीले अर्धशतक बनाएका छन् ।त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कप्तान रोहित पौडेल, देव खनाल र अनिलकुमार साहले अर्धशतक बनाएका हुन् ।खेलमा पौडेलले ६७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् ।खनालले ५६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका हुन् । उनी ८१ बलमा ७६ रन बनाएर आउट भएका छन् ।
यसअघि नेपालका अनिलकुमार साहले पनि अर्धशतक पूरा गरेका छन् । उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाएका हुन् । अर्धशतक पूरा गरेलगत्तै उनी आउट भएका छन् ।उनले जम्मा १९ बलमा अर्धशतक बनाएर एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडी बनेका छन् ।२८६ रनको लक्ष्य पछ्याएको नेपालले ३६ ओभरको खेल सकिँदा ३ विकेट गुमाएर २३५ रन बनाएको छ ।
Comments are closed.