काठमाडौं । हङकङको क्याथे प्यासिफिक एयरलाइन्सको खानाका कारण यात्रुलाई ‘फुड पोइजनिङ’ भएको खुलेको छ । काठमाडौंबाट हङकङ उडान भर्ने क्याथे प्यासिफिकको जहाजमार्फत् जनवरी ८ मा हङकङ गएका १० जना र जनवरी ९ मा १८ जना यात्रुलाई फुड पोइजन भएको हो ।
सो घटनाको छानविन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सुमन धितालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।समितिलाई प्रतिवेदन बुझाउन ७ दिनको समय दिइएको छ । उडानको दुई दिनसम्म अस्वस्थ भएपछि यात्रुलाई हङकङकै नर्थ लन्ताउ हस्पिटलमा उपचार गरिएको थियो ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.