अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले केन्द्रीय सदस्यमा अमेरिकाको न्युयोर्क निवासी शकुन ज्ञवालीलाई मनोनित गरेको छ । अनेसासको विधान बमोजिम मनोनित गर्नुपर्ने महिला सदस्यमा ज्ञवालीलाई मनोनित गरेको हो ।
मनोनित सदस्य ज्ञवालीसँग अनेसास न्यूयोर्क च्याप्टरको अध्यक्ष भएर काम गरेको लामो अनुभव छ । विशेषतः कविता र मुक्तकमा उनको कलम चल्ने गरेको छ ।
बैठकमा उपाध्यक्षहरू राजेन्द्र श्रेष्ठ(अमेरिका), महेश्वर शर्मा( अष्ट्रेलिया) डा. रेणुका सोलु(एसिया), सीता बराल (युरोप) तथा महासचिव विमला निरौला, कोषाध्यक्ष निजानन्द मल्ल र सदस्यहरू तारा अधिकारी, सरिता अर्याल, यादव देवकोटा, प्रमोद सारंगको उपस्थितिको रहेको थियो । बैठकमा अनेसास बोर्ड अफ ट्रष्टि सभापति गीता खत्रीको पनि सहभागिता रहेको थियो । बैठकले आगामि केही साताको लागि प्रत्येक आइतवार अमेरिकी समयअनुसार बिहानको ८.१५मा बैठक बस्ने निर्णय पनि गरेको छ ।
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतवार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो
Trending Now
- 13 million people in Ukraine urgently need humanitarian assistance
- शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
- वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
- बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय काठमाडौंमा बैठक सम्पन्न
- संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
- Nepali Ambassador to Belgium Lamsal presents credentials
- On the invitation of the Chinese Communist Party, the leaders of the Maoist Center reached Chongqing, China
- आज महावीर जयन्ती : जैन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाउंदै
- मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको पत्र
- National Health and Scientific Summit in Kathmandu from Thursday
Comments are closed.