उपचुनावका लागि पार्टी उम्मेदवार चुन्न कांग्रेस कार्यसम्पादन समितिकाे बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दैछ ।
आगामी वैशाख १५ गते इलाम र बझाङमा हुने उपचुनावका लागि पार्टीका उम्मेदवार टुंगाे लगाउन कार्यसम्पादन समितिकाे बैठक बस्न लागेकाे हाे । दिउँसो २ बजे बस्ने बैठकले उम्मेदवार टुंगाे लगाउनेछ ।
कार्यसम्पादन समितिकाे बैठकले उम्मेदवार टुंगो लगाएपछि उम्मेदवारकाे नाम अनुमोदनका लागि संसदीय बोर्डको बैठक पनि आजै बस्ने कांग्रेसले जनाएकाे छ । बैठक अपरान्ह ४ बजे बस्नेछ ।
उपचुनावका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारी दर्ताकाे समय ताेकेकाे छ ।

Comments are closed.