पत्रकारलाई प्रधानन्यायाधीशको आग्रह- समाचार सनसनीपूर्ण नबनाइदिनू

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले समाचारलाई अनावश्यक रुपमा सनसनीपूर्ण नबनाउन सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।बिहीबार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियाका क्रममा उनले पत्रकारिता जगतले पूर्ण प्रेस स्वतन्त्रताको दुरुपयोग गर्न नहुने बताए ।
‘समाचारलाई अनावश्यक रुपमा सनसनीपूर्ण नबनाउनुस्,’ प्रधानन्यायाधीश राउतको आग्रह छ, ‘न्यायपालिका पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक प्रावधानको सम्मान गर्छ । पत्रकारिता जगतले त्यो स्वतन्त्रताको दुरुपयोग नगरोस् ।’
साथै, उनले सबैले आ–आफ्नो आचारसंहित ननाघ्दा दुष्परिणाम आफैं रोकिने दाबी गरे ।‘प्रेसको स्वतन्त्रता कतैबाट कुण्ठित हुन दिने छैनौं । तर आफ्नो मर्यादा नभुल्नुस्,’ उनले सञ्चारकर्मीलाई आग्रह गर्दै भने ।आदेश र फैसलामा शानदार रूपमा टिकाटिप्पणी गर्दा स्वीकार्य हुने उनले बताए ।

Leave A Reply

Your email address will not be published.