काठमाडौं । ललितपुरबाट अपहरणमा परेका चार वर्षीय बालकलाई पञ्जाल लैजाने तयारी रहेको खुलेको छ । अपहरण आरोपमा पक्राउ परेका भियतनामी नागरिक मि हाङ किन्हालुनमाथि अनुसन्धान गर्दा उक्त विषय खुलेको हो ।प्रहरीले बालकलाई भने कलंकीको एक होटलबाट उद्धार गरिसकेको जनाएको छ । त्यसका लागि बसको टिकट समेत काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत मिलाइसकेको प्रहरी अनुसन्धान खुलेको हो ।ललितपुर महानगरपालिका–१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालकको २४ माघमा अपहरणमा परेको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको हो ।अपहरण आरोपमा पक्राउ परेका २३ वर्षीय नागरिक भियतनामको चाइवाङ सिटीका उनी २७ डिसेम्बर २०२३ मा नेपाल आएको प्रहरीको भनाइ छ । ११ दिन नेपाल बसेपछि उनी भारतको नयाँ दिल्ली गएका थिए । २७ अप्रिल २०२४ मा भारतको पञ्जाबबाट सडकमार्ग हुँदै पुन नेपाल आएर बसोबास गरेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बतायो ।भारतबाट नेपाल आएपछि उनी स्वयम्भूस्थित एक होटलमा दुई महिनासम्म बसेका थिए । ठमेलेस्थित एक होटलमा एक हप्ता बसे । ठमेलको होटलमा एक हप्ता बसेपछि उनी बानेश्वरस्थित कात्यानी चोकमा रहेको ग्राण्ड अल्फ्रेन्सको ब्वाइज होस्टलमा बसेको खुलेको छ ।काठमाडौंमा ठाउँ फेरि फेरि बसेका उनी स्वयम्भू, बौद्ध, कपनलगायत गुम्बाहरुमा लामा भासा सिक्न भन्दै जाने समेत गरेका थिए । घुमफिरमा भने उनी अक्सर ललितपुरको पाटन दरबार स्क्वायर जाने गरेको पाइएको छ ।
२५ माघको बिहान साढे १० बजेतिर काठमाडौंबाट वीरगञ्ज जाने न्यू साजन एसी सोफा विथ स्लीपर कोच’ नामको ६८१८ नम्बबरको बसको सिटी ‘बी’ को ३ ‘र ४ नम्बरको टिकटसमेत उनले बुकिङ गरेका थिए । बस चढेर वीरगञ्ज जान भन्दै उनी इलाम मेची गेस्ट हाउसको १०७ नम्बर कोठामा बसेका थिए ।प्राविधिक अनुसन्धानबाट उक्त कुरा पत्ता लगाएर प्रहरीले गेस्टहाउसमा छापा मारेर बालकलाई उद्धार गर्नुका साथै भियतनामी नागरिकलाई पक्राउ गरेको हो । उद्धार गरिएका बालकलाई पाटन अस्पतालमा उपचार गराई अवस्था सामान्य रहेको खुलेपछि परिवारको जिम्मा लगाइएको छ ।
बालकलाई पञ्जाब लैजाने र त्यहाँ बिक्री गर्ने योजना बनाएर भियतनामी नागरिकले बालकको आधारकार्ड समेत बनाउन लगाएका थिए । आरोपीको मोबाइलमा बालकको फोटो प्रयोग गरिएको भारतीय आधारकार्डको फोटो भेटिएको छ ।घुमफिर गर्ने क्रममा गत डिसेम्बर २५ मा क्रिसमस मनाउने क्रममा पाटनको कृष्ण मन्दिरमा हाल अपहरणमा परेका बच्चाको दाइसँग भेट भई भियतनामी नागरिकले कुराकानी गरेको प्रहरी अधिकारीको भनाइ छ । त्यसपछि चिप्स, चकलेटहरु खरिद गरेर बच्चाहरुलाई दिइ ट्याक्सी चढाएर कलंकी पुर्याएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका भियतनामी नागरिकबाट प्रहरीले चक्कु, बसको टिकट, नक्कली भारतीय आधार कार्ड, भियतनामी मुद्रा, तीन थान मोबाइल र ल्यापटपसमेत बरामद गरेको छ ।
Trending Now
- Jammu and Kashmir: 28 people, mostly tourists, killed in terrorist attack in Pahalgam
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
Comments are closed.