काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुँदै : देखाइनेछ यी चलचित्र

काठमाडौं । काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन ठमेलस्थित छाया सेन्टरको क्यूएफएक्समा पुस २५ गते ‘चाइना फिल्म डे’ हुन लागेको हो ।

दुई देशबीच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्द्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्यले ‘चाइना फिल्म डे’ आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

चाइना फिल्म एडमिनिस्ट्रेसन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ ।

‘हर स्टोरी’, ‘मिडसमर्स भ्वाइस’ र ‘जीफर ग्याप’ चलचित्र प्रदर्शन गरिनेछ ।

चलचित्रका निर्माता, निर्देशक र कलाकार गरी १४ जनाको टिमको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सुयाङले गर्ने आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.