महेश बस्नेतविरुद्ध बलात्कारको आरोपमा प्रहरीमा जाहेरी

काठमाडौं । एमालेका युवा नेता महेश बस्नेतविरुद्ध बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।

उनले बलात्कार गरेर जबरजस्ती गर्भपतन गराइदिएको भन्दै एक महिलाले प्रहरीमा जाहेरी दिएकी हुन् ।

बस्नेत र ती महिलाको १० वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइन्छ । तर पछिल्लो समय बस्नेतले झुक्काएर बलात्कार गरेको र बच्चा बसेपछि गर्भपतन गराइदिएको पीडितले बताएकी छन् ।

प्रहरीले भने जाहेरीका बारेमा बुझ्ने काम गरिरहेको बताएको छ ।

Comments are closed.