नेपाल स्रष्टा समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । समाजको १७ औँ स्थापना दिवसको अवसरमा पुस १३ गतेदेखि १९ गतेसम्म विविध कार्यक्रम गरेको थियो ।
कार्यक्रमको अन्तिम दिन समीक्षा बैठक गरेर समापन भएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले सात दिनसम्म निरन्तर कार्यक्रम गर्नसक्नु समाजको लागि मात्र नभएर अरु संस्थाका लागि पनि ऐतिहासिक र उदाहरण भएको बताउनुभयो । स्रष्टा समाजले सप्ताहव्यापी कार्यक्रम गरेर साहित्यिक क्षेत्रमा सबैको ध्यान केन्द्रित गर्नसकेकोमा संरक्षक पवन आलोकले बधाइ दिनुभयो । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले सप्ताहव्यापी कार्यक्रम गर्र्ने ठूलो चुनौती स्वीकार गरेको भए पनि सबैको सहयोगबाट सफल भएकोमा आभार प्रकट गर्नुभयो । कार्यक्रममा महासचिव देविका तिमिल्सिना, बागमती प्रदेश संयोजक रवीन्द्र आशीष शैली र कर्णाली प्रदेश संयोजक देवकी तिमिल्सिनाले पनि सप्ताहव्यापी कार्यक्रम बारे मन्तव्य व्यक्त गर्नभएको थियो ।
Comments are closed.