काठमाडौं : सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सर्वसम्मत सिफारिश गरेको छ।
आज साँझ बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको बैठकमा सहभागी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले थाहाखबरलाई जानकारी दिइन्।
संसदीय सुनुवाइपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।
चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि कामु प्रधानन्यायाधीश भएका दीपककुमार कार्की उमेर हदले अवकाश भएपछि कार्की २०७९ असोज ११ गते कामु प्रधानन्यायाधीश भएका थिए।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए।
Trending Now
- पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन
- राति १२ बजेदेखि मधेसका चार जिल्लाको सीमानाका बन्द
- पुजार सार्की’मा आर्यन :लुक्समा आफ्नै पिताको नक्कल
- Nepal’s second consecutive victory
- टौँडा कला महोत्सव’ सुरु भएसँगै कलामय बन्यो हेटौँडा
- जेठ १६ देखि शिल्पीमा ‘अग्निचक्षु’ मञ्चन हुने
- सन्दीपले विश्वकप खेल्न पाउने, आईसीसीको अनुमति
- ‘प्रचण्ड’ले संसद्को गतिरोधबारे नेपाली कांग्रेसका नेताहरूसँग छलफल गर्ने
- औराबनीस्थित विपन्न २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण
- From Bhumi Pednekar, Parineeti Chopra To Sanya Malhotra- The Hostess Actresses Of Bollywood Drools Over The Shocking Look Of Kartik Aaryan In Chandu Champion
Comments are closed.