वनिताका विभिन्न पुरस्कारहरुको घोषणा

काठमाडौं :  वनिता साहित्यिक पत्रिका साहित्यका विभिन्न विधाका स्रष्टाहरुलाइृ सम्मान गर्ने भएको छ। पत्रिकाले   एक विज्ञप्तिजारी गर्दै साहित्य, सङ्गीत, रङ्गमञ्च र संचारका क्षेत्रमा सक्रिय स्रष्टाहरुलाई सम्मान एवं पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। पत्रिकाले  २०८० र २०८१ सालका पुरस्कारको घोषणा गरेको छ । पत्रिकाले ‘वनिताश्री रत्न सम्बुद्ध गोपालप्रसाद रिमाल
अभिनन्दन’ प्रा.डा.अभि सुवेदीलाई प्रदान गर्ने भएको छ ।

पत्रिकाले’देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार-२०८०’बालसाहित्यकार शाश्वत पराजुलीलाई र २०८१ सालको उक्त पुरस्कार बालसाहित्यकार छाँयादत्त नेउपानेलाई  प्रदान गरिने भएको छ ।  यस्तै  ‘वनिताश्री डानरेन्द्र चापागाईं समालोचक शिरोवर्ती  पुरस्कार-२ं०८०’ समालोचक प्रा.डा.सावित्री कक्षपतीलाई र २०८१ सालको उक्त पुरस्कार समालोचक फणेन्द्रराज निरौलालाई  प्रदान गरिने भएको छ ।

यस्तै ‘वनिताश्री देवकुमारी थापा कथा विशिष्ट पुरस्कार-२०८०’ कथाकार किशोर पहाडीलाई र २०८१ सालको उक्त पुरस्कार कथाकार सुष्मिता नेपाललाई  प्रदान गरिने विज्ञप्तिमा उल्लेख  गरिएको छ ।

यसै गरी  ‘व्यथित काव्य वनिताश्री सपुरस्कार-२०८०’ कवि नरेद्रबहादुर श्रेष्ठलाई र २०८१ सालको उक्त पुरस्कार कवि  ठाकुर बेलवासेलाई प्रदान गरिने भएको छ ।

यस्तै  ‘रन्जुश्री  दामोदर यात्रा वनिता पुरस्कार-२०८०’ नियात्राकार  युवराज नयाँघरेलाई र  २०८१ सालको उक्त पुरस्कार  नियात्राकार प्रतिक ढकाल प्रदान गरिने भएको छ । यस्तै  ‘वनिताश्री उन्नती बोहरा शीला गीतसंगीत पुरस्कार ०८० – २०८१’ सालको  पुरस्कारसंगीतकाररगायक  राज सिग्देल , गायिका राधिका भण्डारीलाई  संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

यसै गरी वनिता विशेष वसुश्री–मधु पुरस्कार-२०८० संगीतकार ‌ मन्जु नकर्मी र २०८१ सालको उक्त पुरस्कार बालसाहित्यकार रश्मी रिमाललाई प्रदान गरिने भएको छ । यस्तै ‘वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार- २०८०’ साहित्यकार हरि बराल २०८१ सालको उक्त पुरस्कार अनुवादक   राजेन्द्र गुरागाई लाई प्रदान गरिने भएको छ ।

र  ‘वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार  ह्याप्पी किड्स’ मन्टेश्वरीका स्कुलका साना नानीहरूलाई प्रदान गरिने भएको छ । यी पुरस्कारहरु उपयुक्त समय पारेर एक समारोहका बीच प्रदान गरिने वनिता पत्रिकाकी प्रकाशक एवं सम्पादक साहित्यकार लक्ष्मी उप्रेतीले विज्ञप्ति मार्फत बताएकी छिन् ।

Comments are closed.