काठमाडौँ । २०८१ असार ।नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र विभागले ‘भावनात्मक बुद्धिमत्ता र तनाव व्यवस्थापन’विषयक विचार-गोष्ठीको आयोजना गरेको थियो ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानले पहिलोचोटि तनाव व्यवस्थापनको बारेमा विमर्श गरेको हो।तनावको सैद्धान्तिक र व्यवहारिक पक्षलाई व्यवस्थापन गर्नुआजको अावश्यकता हो।यो समाजसँग सम्बन्धित विषय हो ।समाजलाई सकारात्मक ढङ्गले अघि बढाउन तनावको व्यवस्थापन अनिवार्य रहेको बताउनुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले अहिलेको समाजमा तनाव व्यवस्थापन जटिल हुँदै गएको छ ।मानिसहरू तनावले कहीँ न कहीँ गाँजिन पुगेको देखिन्छ। सुख-सुविधा जति भए पनि मानिसमा देखापर्ने अशान्ति नै तनाव हो ।यसको व्यवस्थापनमा व्यक्ति वा समाज आफैँ सजग हुनुपर्ने देखिन्छ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ-परिषद् सदस्य तथा कार्यक्रमका सभाध्यक्ष डा. कौशिला रिसालले तनाव हाम्रो जीवनचर्या र मनसँग जोडिएको विषय हो भन्नुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.भागवत आचार्यले ‘भावनात्मक बुद्धिमत्ता र तनाव व्यवस्थापन’विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।उहाँले साक्षी भावको अभावले तनाव बढ्ने गरेको बताउनु हुँदै अशान्ति,द्वन्द , चिच्च्याहट,अनिद्रा र नकारात्मक सोचाइआदि कारणले तनाव बढ्ने गरेको पाइन्छ ।तनाव व्यवस्थापन पनि आफैँभित्र रहेको बताउनु भएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य धर्मेन्द्र पोखरेल र प्रकाश तिवारीलगायतले कार्यपत्रमाथि आआफ्नो जिज्ञासा राख्नु भएको थियो ।कार्यक्रमको उद्घोषण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे ।
Trending Now
- Ncell marks 20th year with ‘Nineteen for Nineteen’ Project and Rs 200 million commitment towards CSR
- Rajendra Mahato announces Rastriya Mukti Kranti Party
- Constitutional Council recommended the senior-most Justice Prakash Man Singh Raut, for the post of the Chief Justice (CJ) of the SC
- New Australian guidelines for dealing with unexplained infertility
- Parliamentary committee urges govt action against Rabi Lamichhane over cooperative fund misuse
- Victorians Gain Access to Cutting-Edge Precision Cancer Therapies Thanks to Landmark $10M Donation
- School building built under “Nepal-India Development Cooperation” inaugurated in Bhaktapur
- Taliban Suspends Polio Vaccination Campaigns in Afghanistan: UN
- Bangladesh approves decision to import 40 MW of electricity from Nepal
- Prime Minister KP Sharma Oli informed the House of Representatives about his participation in the upcoming 79th General Assembly of the United Nations
Comments are closed.