काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला नयाँ बानेश्वरमा हुँदैछ । निर्वाचनपछि मात्र महाधिवेशनमा जानुपर्ने र पार्टी एक भएर निर्वाचनको वातावरण बनाउनुपर्ने भन्दै केन्द्रीय सदस्यहरूले भेला आयोजना गरेका हुन् ।
उनीहरू संगिठित र एकताबद्ध भएर ‘पार्टीमाथि भइरहेका आक्रमण’विरुद्ध उभिएर जनताको विश्वास लिनुपर्नेमा विशेष महाधिवेशन र महाधिवेशन भनेर अस्वस्थ प्रतिस्पर्धा बढाइएको तर्क गर्छन् । त्यसो गर्दा पार्टी कममजोर हुने र निर्वाचनमा पराजय व्यहोर्नुपर्ने उनीहरूको तर्क छ ।
“अहिले कि त महाधिवेशनमा जानुपर्ने हुन्छ, कि त निर्वाचनमा जानुपर्ने हुन्छ,” केन्द्रीय सदस्य किरण पौडेलले बाह्रखरीसँग भने, “जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले संविधान र व्यवस्थालाई जोखिममा पारेको हुँदा हाम्रा लागि र देशका लागि निर्वाचन बढी महत्त्वपूर्ण छ । त्यसैले पार्टीले पूर्ण तयारीसहित निर्वाचनमा भाग लिन आवश्यक छ ।”
उनले निर्वाचनबाट देशलाई ‘संविधानको ट्र्याक’मा ल्याइसकेपछि पार्टीभित्र जति विवाद गर्दा पनि फरक नपर्ने बताए । अहिले गाउँ-गाउँका कार्यहकर्तामा विभाजन ल्याएर चुनावमा गए पार्टी नराम्रोसँग पराजित हुने र त्यसले देशमा अराजकता ल्याउन खोज्ने र व्यवस्थाविरुद्ध लाग्नेहरूलाई सहयोथग पुर्यासउने उनको तर्क छ ।’आनन्दभूमि इभेन्ट’मा हुने भेलाले यही पक्षमा जनमत बनाउने उनको विश्वास छ ।






