काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिमा नेपाली कांग्रेसले जित दर्ता गरेको छ ।राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको कीर्तिपुरको प्रमुख पदमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका हुन् ।उनी पाँचहजार ३३४ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले चाहरजार ५५५ मत ल्याए । तेस्रो बनेका नेकपा एमालेका सुरेन्द्र मानन्धरले चारहजार ३३७ मत ल्याए ।
यसैगरी, ुकेटा र केटीु चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार राजमान महर्जनले दुईहजार ३६ मत ल्याए । यस्तै, ुबाकसु चुनाव चिह्न पाएका स्वतन्त्र उमेदवार कविकुमार महर्जनले एकहजार ३१४ मत ल्याए ।
अर्का स्वतन्त्र उमेदवार ‘कैँची’ चिह्न पाएका दिनेशकुमार अधिकारीले एकहजार ४८ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनले ९९५ मत ल्याए ।कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा कांग्रेसका उमेदवार नै निर्वाचित भएका छन् । वडा नम्बर ४ मा यसअघि स्वतन्त्र उमेदवार जितेका थिए ।यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो ।
Trending Now
- भीमदर्शन रोका स्मृतिकोषद्वारा शशी शाह र सहारा ज्येष्ठ नागरिक समाज सम्मानित
- Mark Carney sworn in as Prime Minister of Canada, new cabinet formed
- Macedonia nightclub fire: 51 dead, 100 injured
- Ghulam Ali, Aamir and Nazir’s voice “Ghazal Unkai Geet Unkai” released.
- The Sinja civilization is being studied for World Heritage listing
- सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने
- पूर्वराजाको ‘एक्सपेरिमेन्ट’ फेल, संयुक्त जनआन्दोलन समितिमा भाँडभैलो
- प्रहरीमा स्टाफ कलेज कोर्स नरोक्न सर्वोच्चको आदेश
- चैत २८ देखि बिस्का जात्रा, तयारी तीव्र
- भरतपुरका १ सय २९ सुकुम्बासी घरधुरीलाई लालपूर्जा वितरण
Comments are closed.