कांग्रेस महामन्त्री विश्वप्रकाशको गीत ‘मन त्यतै कतै’ सार्वजनिक

काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्यालेन्टाइन्स डेको अवसरमा नयाँ गीत ‘मन त्यतै कतै’ ल्याएका छन् । प्रेमभाव समेटिएको गीतमा शर्माको संगीत, प्रमोद खरेलको स्वर, प्रमोदहरि गुरागाईँका शब्द, मनोहर सुनामको संगीत संयोजन छ ।
गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा आकाश श्रेष्ठ र प्रियाना आचार्य फिचर्ड छन् । गत वैशाख अन्त्यमा रेकड भएको हो ।
संगीत र साहित्यमा समेत रुचि भएका राजनीतिज्ञ शर्माले यसअघि दलित सचेतना प्रेरित गर्ने गीत पनि रेकर्ड गराएका छन् । शिव परियारको स्वर रहेको उक्त गीतमा मीन विश्वकर्माका शब्द छन् ।

 

Comments are closed.